सबु सेन्चुरी
सेकेन्ड रनरअप तथा वेस्ट सेफको उपाधि विजेता
मिसेस नेपाल यूके–२०१८
सबु सेन्चुरी मिसेस नेपाल यूके–२०१८ को सेकेन्ड रनरअप भएको पनि पाँच महिना पुग्यो । लन्डन फेसन होमले गत अक्टोबर २०१८ मा गरेको प्रतियोगिताबाट सबुले वेस्ट सेफको उपाधिसमेत जितेकी थिइन् । जुन प्रतियोगितामा सहभागी भएर आफ्नो अन्तरनिहीत प्रतिभा प्रस्फुटन, समाजमा घुलमिल हुने, व्यक्तिगत निडरता र आत्मविश्वास निकै बढेको अनुभव उनी सुनाउँछिन् । सेकेन्ड रनरअप भइसकेपछिको यो पाँच महिने अनुभव र उपलब्धिबारे सेन्चुरीसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको भलाकुसारीको सम्पादित अंश ।

मिसेस नेपाल यूके सेकेन्ड रनरअप भएपछिको अनुभव ?
अनुभव एकदमै राम्रो छ । लन्डन आएको लामो समयसम्म पनि घरभित्रै, पारिवारिक वातावरणमा भिजेर बसिरहेकी थिएँं । त्यसपछि अचानक डिसिजन गरेर मिसेस नेपाल यूकेमा सहभागी भएँ । नयाँ साथी बनाउनुका साथसाथै नयाँ आइडियाजसहित केही गरौं भन्ने भावना, सोच थियो पहिलेदेखि नै थियो । त्यो प्रस्फुटन गर्न पाउँदा एकदमै राम्रो लागिरहेको छ ।
मिसेस प्रतिस्पर्धामा भाग लिएपछि नयाँ नयाँ मान्छेसँग भेट हुने र विभिन्न नेपाली कार्यक्रमहरुमा पनि इन्भाइट भएर गएँ । यस्ता सुनौलो अवसर पाउँदा आफूलाई धेरै खुसी, सुनौलो अनुभव भइरहेको छ ।
अक्टोबरमा मिसेस नेपाल यूकेको सेकेन्ड रनरअप हुँदा तपाईं कत्तिको उत्साहित हुनुहुन्थ्यो ?
मिसेस नेपाल यूके २०१८ मा म जित्छु नै भनेर गएकी थिएँ । किनकि गएपछि कन्फिडेन्ट झन् झन् विल्डअप हुँदै गयो । अनि जित्छु भनेर एकदमै कोसिस गरेँ । तर, सेकेन्ड रनरअप भएँ । सेकेन्ड रनरअप हुँदा मलाई एकदमै हार्ट ब्रोकन भएको थियो । त्यो पनि एउटा अचिभमेन्ट हुनु हो । अर्को टाइटल पनि जितेको थिएँ । तर, आफूले विनर हुन्छु भनेर गरेको कोसिसमा विनर नहुँदा अलि मनखद हुँदोरछ । यदि त्यो टाइटलभित्र नपरेको भए चाहिँ झन् कस्तो नराम्रो फिल हुन्थ्यो होला भनेर चित्त बुझाएँ । अझै मलाई यो प्रोग्राम सकेपछि जुन फिडब्याक आए विनर नभए पनि । विनरले त सिर्फ टाइल र सवटाइटल जितेको छ । तपाईंले त यो नेसनका मान्छेको हार्ट नै जित्नुभएको छ । यस्तो पर्सनल फिडब्याकहरु पाउँदा म विनर नै रहेछु भन्ने फिलिङ भयो ।
अक्टोबरभन्दा पहिलेका दिन र त्यसयता व्यक्तिगत हिसाबले कत्तिको परिवर्तनको महसुस हुन्छ ?
पर्सनल्ली कन्फिडेन्ट एकदमै बढेको महसुस हुन्छ । पहिले पनि कन्फिडेन्ट नभएको होइन, केही गर्ने सोच पनि थियो । अहिले त झन् अघि बढ्ने कन्फिडेन्ट आएको छ ।
मिसेस नेपाल यूकेमा भाग लिन कसरी आँट गर्नुभयो ?
यो इन्सिडेन्ट लिएको डिसिजन हो । २०१७ मा यसरी मिसेस नेपाल यूके भएको भनेर मलाई थाहा थिएन । २०१८ मा तीजको पूजा थियो, पूजामा जाँदा मनिषा दिदीहरुले घोषणा गर्नुभयो यसरी कार्यक्रम हुँदैछ भनेर । मैले घरमा गएर श्रीमान्, छोरीहरुसित पनि कुरा गरेँ । छोरीले, ‘मामु जानुस् तपाईं । केही पनि अप्ठेरो हुँदैन ।’ भनेपछि एक्कासी निर्णय लिएर आएको हुँ ।
प्रतियोगीहरु कतिजना हुनुहुन्थ्यो ?
हामी १३ जना थियौं । मैले सवटाइटल मिसेस सेफ २०१८ को उपाधि पनि जितेकी थिएँ । जुन एकदमै खुसीको कुरा थियो । पहिल्यैदेखि नै मलाई पकाउन मन पथ्र्यो । स्पेसल्ली विनोदजीले यस्तो सवटाइटल दिँदा झन् खुसी लाग्यो ।
यो प्रतियोगितामा पस्न तपाईंहरुले कति शुल्क तिर्नु पर्यो ?
इन्ट्री फि जुनसुकै प्रतियोगितामा भइहाल्छ । अर्गनाइजरले पनि ट्रेनिङ खर्च, फाइनल प्रोग्रामजस्ता कत्ति खर्च व्यहोर्नुपर्छ । कुनै पनि कुरा फ्रिमा हुँदैन । गिभ एन्ड टेक त हो नि ! इन्ट्री फि लगाउँदा राम्रो पनि । मान्छेले अलिकति केही लगानी गर्छ भने ओहो ! मैले यसरी पैसा तिरेर गरेको छु भन्ने मनमा परेमा मोटिभेसन पनि आउँछ । बेनिफिसियल नै हुन्छ ।
लन्डन फेसन होमको यो कार्यक्रम कत्तिको प्रभावकारी र महिलाहरुका लागि कत्तिको लाभदायिक छ ?
यो लाभदायक नै छ । किनकि अरुलाई हेर्नुभन्दा म आफैंलाई हेर्छु । अहिलेसम्म म सिर्फ काम, घरपरिवार गरेर बसेकी मान्छे अहिले बाहिर आएँ, मान्छेहरुलाई भेट्छु । समाजमा अझै कन्जरभेटिभ माइन्ड पनि छ, त्यसलाई बन्द गर्नुपर्छ । त्यसका लागि महिलाहरु नै एक भएर आवाज उठाउनुपर्ने हो । समाजले पनि बुझिदिनुपर्छ । यो बारेमा शिक्षा दिनुपर्छ । यसो गर्नु सरासर गल्ती हो । यसरी कुनै पनि महिलाले आफ्नो घर बिगार्ने, परिवार बिगार्ने भन्ने हुँदैन । त्यसो भएर यसबारेमा धेरै डेभलप गरम् । एजुकेसनहरु दिम, समाजमा मिटिङ बसेर हुन्छ कि लेडिज समूहहरु बनाएर, साघुरो बुझाईलाई रोक्ने नै काम गर्नुपर्छ ।
नेपालमा महिला हिंसाका गतिविधि भइरहन्छन्, यसविरुद्ध तपाईंहरुले कुनै आवाज उठाउनु भएको छ ?
त्यसबारे हामीले आवाज उठाएका छैनौं । अहिले हामी मिसेस नेपाल यूके २०१८ मा सहभागी १३ जनालाई एउटै समूहमा आबद्ध गराउने काममा छौं ।
समूहमार्फत् केही काम भएको छैन ?
मिसेस नेपाल यूकेपछि यही मार्च २३ तारिख शनिबारमा प्रोग्राम हुँदै छ । यो महिनाको २३ तारिखमा साउथ ह्यारोको फुटबल क्लबमा फेरि पनि अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम राख्दैछौं । सबै जना आएर हामीलाई सहयोग गरिदिनुस्, प्रोग्रामलाई अघि बढाइदिनुस् । मलाई लाग्छ, सबैलाई नि:शुल्क प्रवेश पाउनुहुने छ । यस पछाडि पनि अन्य कार्यक्रम आयोजना गर्ने तयारी छ । अहिलेको कार्यक्रममा सहयोग भयो भने हामीलाई अर्का कार्यक्रम गर्न उत्साह मिल्नेछ ।
परिवारबाट के कस्तो सहयोग र प्रतिक्रिया पाउनुभएको छ ?
त्यस्तो नेगेटिभ फिडब्याक अहिलेसम्म मैले पाएकी छैन । नेपालमा हुनु भएका मेरी सासुलाई ममी म यसरी जाँदैछु भन्दा उहाँ पनि एक्साइटेड नै हुनुहुन्थ्यो । ‘ल म लाइभ पनि हेर्छु । कहिले आउँछ ? सबै बताउनु भन्नुभयो’ । र, दाइ भाइजु सबै जनाबाट राम्रै फिडब्याक, सपोर्ट पाएकी छु । सबैको साथले नै यहाँसम्म आएको हुँ ।
अब फेरि मिसेस नेपाल युके २०१९ मा पनि भाग लिन जानुहुन्छ ?
(हाँस्दै…) अरुलाई नि चान्स दिनुपर्छ ! हामीले मात्रै ओगटेर हुँदैन । नयाँ नयाँ फेसहरु ल्याउनुपर्छ । २०१९ मा जो आउनुहुन्छ, उहाँहरुलाई हाम्रो तर्फबाट फूल सपोर्ट दिन्छौं । ट्रेन दिन्छौं, इम्प्रुभ गराउँछौं । लन्डन फेसन होमको २०१८ को प्रोग्राममा हामीले जति ल्याक गरेका थियौं, झन् इम्प्रुभ गर्छौं ।
यो बाहेक तपाईंको रुची ?
गीत गाउन एकदमै मन पर्छ । नृत्य पनि इन्ट्रेस्ट लाग्ने नै हो ।
गीतहरु पनि रेकर्ड गर्नुभएको छ ?
अहिलेसम्म त्यो मौका पाएकी छैन, कुरिराको छु । अब पाएँ भने त्यो पनि गर्छु । (हाँस्दै…)
घरपरिवारमा गीत गाउनेहरु हुनुहुन्थ्यो ?
मेरो दाइ (माइलो)ले पनि एकदमै राम्रो गीत गाउनुहुन्छ । उहाँ नेपालमै हुनुहुन्छ । मलाई पनि एकदमै गाउन मन लाग्थ्यो । हामी बच्चा हुँदा डोयट सङहरु गरिराख्थेम् ।
प्रतिभाका भएर पनि घरभित्र गुम्सिएका बेलायतवासी महिलाहरुलाई के सुझाव दिनुहुन्छ ?
लन्डनमा सबैजना काम गर्नुपर्छ । श्रीमान् बिहान, दिउँसो वा बेलुका काम गर्ने हुन्छन् । बच्चाहरु हुन्छन्, उनीहरुलाई पनि प्रायोरिटी दिनै पर्ने हुन्छ । केही गर्न र बाहिर निस्किन खोज्दा र मनलाग्दा पनि नमिल्ने स्थिति हुन्छ । उहाँहरुलाई म भन्न चाहन्छु, ‘राइट टाइम भनेको कहिले पनि हुँदैन । टाइमलाई सधैं आफैंले राइट बनाउनुपर्छ । कोसिस गर्नुहोस् । हसबेन्ट, परिवारसँग कम्युनिटीकेट गर्नुहोस् । यदि गर्ने इच्छा छ भने अगाडि आउनुहोस् ।
लन्डन फेसन हाउसबारे छोटकरीमा भनिदिनुहोस् न ?
लन्डन फेसन हाउसकी मनिषा डंगोलजीले अर्गनाइज गर्नुभएको हो । यसको आधार साउथ ह्यारोमा छ । र, उहाँलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु । किनकि उहाँले यस्तो प्लेटफर्म बनाउनु भएको छ । यो प्लेटफर्मले गर्दा नै हामी १३ जना इन्भल्भ हुन पायौं । कोही क्रोयडनबाट आएको, कोही रिडिङबाट । यस्ता मलिाहरुलाई पनि उहाँले प्लेटफर्म दिएर, सपोर्ट दिएर, टे«निङ गराएर कन्फिडेन्स बिल्डअप गर्नुभएकोमा लन्डन फेसन हाउसलाई धेरै धेरै धन्यवाद भन्छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
पूर्ण दाइ, मिलन दाइ, मनिषा डंगोल दिदी, मिसेस नेपाल यूकेका प्रतिस्पर्धी १३ जनालाई नै धन्यवाद भन्न चाहन्छु । हामी १३ जनाले जुन सपोर्ट गर्छौं अबका कन्टेस्टेन्लाई, हामी एकदमै स्टङ छौं । हामीले अझ बिल्डअप गरेर अघि बढ्नुपर्छ ।






