सरकारसँग कुनै पनि हालतमा झुक्दैनौ : विप्लव

SHARE:

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिँदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ ।

सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको जिकिर गरेको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो ।

तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।

‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ ।

विप्लवले सरकारको कदमलाई हास्यास्पद भन्दै एकरति पनि नझुक्ने चेतावनी दिएका छन् ।

उनले विज्ञप्तिमा केपी ओली, प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलागेको बताएका छन् । क्रान्ति अहिलेको आवश्यकता भन्दै उनले दमन भएमा त्यसको मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘केपी–बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रुपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौं ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!