विप्लव समूहमाथि प्रतिबन्धमा देउवा किन पछि हटे ?

SHARE:

काठमाडौं । सरकारले विप्लव समूहमाथि लगाएको भोलिपल्ट प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन मात्र गरेनन्, कारबाही गर्न समेत माग गरे । २९ फागुनमा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो । उनीहरुमाथि प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नुपर्छ ।’

देउवाले प्रतिबन्धको समर्थन गरिरहँदा सत्तारुढ नेकपा नेताहरु सरकारको निर्णयबारे प्रतिक्रिया दिन हिचकिचाइरहेका थिए । विप्लवको हिंसात्मक गतिविधि गलत भएपनि पार्टीमाथि प्रतिबन्धको निर्णय हतारमा त भएन ? भन्ने धेरैको प्रश्न थियो ।

शनिबारसम्म आइपुग्दा देउवाको बोली फेरिएको छ । पाल्पामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विप्लव समूहलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने धारणा राखेका छन् ।

लगतै कांग्रेस प्रवक्ता शर्माले ‘अस्पष्टता र भ्रम निवाराणार्थ’ भन्दै विज्ञप्ति जारी गरेका छन, जसमा विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गरिएको छ । राजनैतिक संवादबाटै सबैखालै विमतिको हल खोज्न सकिने भन्दै कांग्रेसले विप्लव समूहलाई हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन अपील गरेको छ ।

‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न’ प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’

देउवाले पाल्पामा ‘निषेधले होइन वार्ताले समाधान’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै शर्माको विज्ञप्तिमा समेत पार्टी सभापतिले अभिव्यक्ति सच्याएको संकेत गरेका छन् ।

देउवा कसरी पछाडि हटे ?

बुधबार देउवाले प्रतिबन्धको समर्थन गरेको केही घन्टा नवित्दै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिबन्धको विरोध गरेका थिए । त्यसपछि अरु नेताहरुले पनि वार्तामार्फत समाधान खोज्न अपील गर्दै आएका थिए ।

प्रतिबन्धबारे फरकफरक धारणा आएपछि नेताहरुले पार्टीको आधिकारिक धारणा के हो भनेर नेताहरुलाई सोधेका थिए । केहीले सरकारभन्दा कडा बनेर प्रतिबन्धको समर्थन गरेको भन्दै सभापति देउवालाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेका थिए ।

स्रोतका अनुसार पछिल्लो समय आफ्ना कार्यकर्तामाथि लगातार आक्रमण गरेको भन्दै देउवा विप्लव समूहमाथि आक्रोशित थिए । पार्टीका नेताहरुले विप्लव भन्दा सत्तारुढ नेकपाका कार्यकर्ताले धेरै आक्रमण गरेको तथ्यसहित अभिव्यक्ति सच्याउन आग्रह गरेको र देउवाले त्यसलाई स्वीकार गरेको एक नेताले अनलाइनखबरलाई बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!