फोनिज ३ नम्बर प्रदेश अध्यक्षमा पेमा लामा

SHARE:

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) ३ नं प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबार राति अबेर सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, सङ्गठन सचिवमा पूर्णिमा स्याङ्बा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् । यस्तै, सदस्यमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, सहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बू, नवीन रानामगर, राजेश बज्राचार्य, पुष्पा राई हायु निर्वाचित भएका छन् । अधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पनि चयन गरेको छ । समितिको सदस्यमा राजकुमार शाक्य र रिदेन महर्जन चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले शुक्रबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । शनिबार बिहान भने उनीहरुलाई निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो ।

शुक्रबार सुरु भएको अधिवेशनमा ३ नं प्रदेशका १३ जिल्लाका १२० प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । फोनिजको प्रदेश समितिमा पहिलोपटक ३ नं प्रदेशले अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्न सफल भएको संयोजक समीर बलामीले बताए । यसअघि शुक्रबार अधिवेशनको उद्घाटन गर्दै सांसद हितबहादुर तामाङले जनजाति पत्रकारले जनजातिका विषयमा मात्र केन्द्रित नभई मूलधारको पत्रकारितामा पनि नेतृत्व लिनको लागि लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले जनजातिको भाषिक नाम अपभ्रंश भएकाले त्यसलाई सच्याउनको लागि पत्रकारले अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन आग्रह गरे ।

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जनजाति पत्रकारले आफ्नो जातिगत पहिचानको मुद्दालाई भुल्न नहुने बताए । कार्यक्रममा प्रदेश समितिले दोलखाका पत्रकार राजेन्द्र मानन्धर, फोनिज जिल्ला समितिले रासस जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठ, कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता राजकृष्ण श्रेष्ठलाई सम्मानसमेत गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!