भारतीय पूर्वराजदूतहरुले भने, ‘नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्न’

SHARE:

सिवी अधिकारी
काठमाडौँ । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताए ।

प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो पुगेका राजदूतत्रयले त्यहाँको भौगोलिक विकटता, जैविक विविधता र धार्मिक महत्वका पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्दाको आकर्षण अनुभूति सुनाए । दुई साता लामो पदयात्रा सकेर शनिबार स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँग पदयात्राबारे जानकारी दिँदै उनीहरुले प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त नेपालको शब्दमा बयान गर्न नसकिने बताए ।

डोल्पा र फोक्सुण्डो तालको रमणीय दृष्यले मोहित बनाएको र यस्तो मनोरम दृश्य विश्वमा कहीँ पनि नपाइएको उल्लेख गर्दै उनीहरुले नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तब्य भएको धारणा व्यक्त गरे ।

साहसिक पदयात्राको अवधिमा निकै कठिनाइ भए पनि यात्राका क्रममा देखिएका र ती अनुपम दृश्यसँग साक्षत भेटगर्न पाउँदा असाध्यै आनन्दको अनुभूति भएको पूर्वराजदूत रायले बताए ।

डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपूर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको भनाइ थियो ।

नेपालको ग्रामीण अर्थतन्त्रलाई परिवर्तन गरी आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम पर्यटन नै भएकाले यसको प्रवद्र्धन र विकासका लागि विशेष ध्यान दिनुपर्ने पूर्वराजदूत रायले बताए ।

विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीयस्थल डोल्पालाई मानिन्छ ।

डोल्पाको विकास र पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालमा डोल्पालाई जोड्न तथा पदमार्गको स्तरोन्नति गरिनुपर्नेमा पनि पूर्वभारतीय राजदूतहरुले बताए । पूर्वराजदूत श्यामशरणले डोल्पा अथाह सम्भावना बोकेको आकर्षक गन्तव्य रहेको र यात्राका क्रममा केही कठिनाइ भए पनि प्राकृतिक मनोरम दृश्य र भौगोलिक अवस्थितले यात्रालाई थप आनन्दित र प्रफूल्ल बनाएको धारणा व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बोर्डले ध्यान केन्द्रीत गरेको बताए ।

भारत र चीनबाट बढी भन्दा बढी पर्यटक आकर्षण गर्न विभिन्न प्रवद्र्धनात्मक अभियान शुरु गरिएको उल्लेख गर्दै डोल्पाको समग्र पर्यटन विकास र महत्वपूर्ण पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम गरिएको अभियान्ता विक्रम पान्डेले बताए ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईंले पर्यटकीय क्षेत्र डोल्पाको पर्यटन प्रवद्र्धनका लागि व्यवसायीले विशेष पहल गर्ने बताए । से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख शेरसिंह ठगुन्नाले पर्यटनको अथाह सम्भावना बोकेको डोल्पाको समग्र विकास र स्थानीयवासीको आर्थिक सामाजिक परिवर्तनका निम्ति पर्यटन नै उपयुक्त माध्यम भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष अभियान चलाउनुपर्ने बताए ।

गत चैत २६ गते काठमाडौँ आएका तीनै जना पूर्वभारतीय राजदूत २८ गते नेपालगञ्ज र त्यहाँबाट डोल्पाको जुफाल विमानस्थल ओर्लेर पदयात्रा गरी फोक्सु ट्रेकिङ क्याम पदयात्रामा १२ जना सहयोगी खटिएको कम्पनीका सञ्चार संयोजक विष्णु भट्टराईले जानकारी दिए ।

हिमालय एक्सपिडिसन कम्पनीमार्फत पदयात्रामा भएका पूर्व राजदूतको पाँच हजार मिटर अग्लो पास पनि कट्ने योजना रहेपनि भारी हिमपातका कारण फोक्सुण्डोमा थप तीन रात बिताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!