प्रधानमन्त्रीलाई तमुधिं नेपालको ज्ञापन पत्र

SHARE:

हुम तमु
पोखरा । तमुधिं नेपालले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपासहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेसीलगायतको माग वार्तामार्फत पूरा गर्न माग गर्दै ज्ञापन पत्र पठाइएको हो । तमुधिंले देशमा शान्ति कायम गर्न, तमु ल्होछारमा सार्वजनिक बिदा पाउनुपर्ने, सिंहप्रसाद तमुले बम विस्फोटमा परी जीवन गुमाउनु परेको, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन तमुको घरमा बम बिस्फोट घटनाको दोषीलाई कारबाही, पवित्र बस्त्र खादाका बारेमा समाजमा द्वेष फैलाउन खोज्नेलाई कारबाही लगायतको माग समेटिएको ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत पठाएको हो । ज्ञापन पत्र तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ बुढाले तमुधिं नेपालको मागपत्र तत्कालै गृह मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई पठाउने बताए । समसामयिक चासोका विषयमा तमुधिं नेपालले झकझकाउने कार्यले सबैलाई सचेत बनाउने अपेक्षा गर्दै समाजमा शान्ति स्थापनाका लागि तमुधिंको भूमिकाका लागि अनुरोधसमेत गरे ।

“सुखी नेपाली,समृद्ध नेपाल” नारा लिएको खड्गप्रसाद शर्मा ओलीज्युको नेतृत्वको सरकार गठनले वर्षदेखि नाघिसकेको छ । दुई तिहाईको सरकारले मुलुक निर्माणका लागि धेरै काम थालनी भइसक्नु पर्नेमा फेरि पनि मुलुकमा द्वन्द्वको कालो बादल मडारिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार दुई तिहाइबाट बुहमततर्फ झरेको छ ।

ओली सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धित बनाएको छ भने नेकपाले दोस्रो जनयुद्धसमेत घोषणाले मुलुकमा शान्ति खलबलिएको छ । हामी गोला बारुद्ध होइन, सबैको आत्मसम्मान हुने समृद्ध नेपाल चाहन्छौंं । ’
त्यस्तै फाल्गुन १० गते शुक्रबार ललितपुर भैंसीपाटीस्थित एनसेल टावरमा बम विष्फोट घटनामा लमजुङ स्थायी घर भई ललिपुर भैंसीपाटी निवासी वर्ष ४९ का ंिसंहप्रसाद गुरुङको मृत्यु भएको थियो । फागुण २४ गते वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा गरिएको बम विस्फोटलाई दुःखद भन्दै तमुधिं नेपालले भत्र्सना गरेको छ । तमुधिंले मृतक सिंहप्रसादलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आश्रित परिवारलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था, बालबच्चालाई राज्यले शिक्षादीक्षाको पूर्ण व्यवस्थाका साथ दोषीलाई कारबाही माग गरेको छ ।

वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष गुरुङलाई तत्काल क्षतिपूर्तिको व्यवस्था, गुरुङ र उनको परिवारको जिउधनको सुरक्षा, घाइतेको पूर्ण उपचारको व्यवस्थाका साथै घटनाको छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग तमुधिंले गरेको छ । यस्तै २०७६ सालको सार्वजनिक विदामा समेत विभेद भएकोमा विरोध जनाइएको छ ।

१५ दिन सार्वजनिक बिदा एवं सट्टा विदाको नाउमा तमु ल्होछारलगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचिन गरिनु आपत्तिजनक रहेको भन्दै तमु ल्होछारमा सार्वजनिक रुपमा देशैभरको बिदाको माग गरिएको छ ।

तमुधिं नेपालकी अध्यक्ष कर्म तमुद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत धर्मनिरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाबारे भ्रम फैलाउँदै समाजमा द्वेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न तमुधिं नेपालले माग गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!