विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली प्रहरीको जालमा परे

SHARE:

काठमाडौं । पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो तहका नेता हेमन्तप्रकाश ओली शुक्रवार राति प्रहरीको जालमा परे। यसअघि पटकपटक उम्केका उनी यसपटक प्रहरीको घेरामा परेको पत्तै पाउन सकेनन्।

गएको एक साताभित्र पटक पटकको प्रहरी अटेम्टलाई वेवास्ता गर्दै काभ्रेमा रहेका उनी अन्तत: प्रहरीको नियन्त्रणमा पुगे। उनीसँगै ८ जना नेकपाका कार्यकर्ता पनि समातिए।

हेमन्तप्रकाश ओली काभ्रेको दुर्गम क्षेत्रमा बसिरहेको जानकारी प्रहरीसँग यसअघि नै थियो। तेस्रो तहका नेतासमेत रहेका ओलीलाई नियन्त्रणमा लिन सके विप्लवको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का पुग्ने प्रहरीको विशेष टोलीले विश्लेषण गरेको थियो।

त्यसैले राजधानीका कलेजहरुमा विप्लव समूहसँग जोडिएका विद्यार्थीहरु निगरानीमा थिए। हेमन्तप्रकाश ओली उर्फ सुदर्शनलाई पक्रन विद्यार्थीदेखि कार्यकर्तासम्मबाट सहयोग लिन सक्ने प्रहरीको अनुमान थियो। त्यसैका आधारमा प्रहरीले गत साता डेकेन्द्र राई प्रकाउ परे। प्रहरीले विप्लव समूहका अरु नै नेता पछ्याउनेक्रममा बालाजुबाट डेकेन्द्र समातिएका थिए।

डेकेन्द्र राई नख्खुमा फागुन १० गते भएको विस्फोटमा संलग्न रहेको प्रहरीले दावी गर्दै आएको थियो। ‘वाइ चान्स’ समातिएका राईमार्फत प्रहरीको पन्जा नीरबहादुर विकसम्म पुग्यो।

समातिएका राई र विकलाई उठाएपछि प्रहरीले उनीहरुकै साथ लिएर काभ्रेका डाँडाहरुमा अपरेसन सुरु गर्‍यो। त्यही अपरेसनका क्रममा गत साता गोली हानाहानको अवस्थासम्म पुग्यो- विप्लव समूह र प्रहरीबीच।

हेमन्त ओलीसहितको टोली काभ्रेमै रहेको बलियो सूचना पाएको प्रहरीको टोली र विप्लवका कार्यकर्ता काभ्रेमा आमने सामने भएका थिए। प्रहरीको नियन्त्रणमा रहेका दुई जनाको गेस्चरका आधारमा प्रहरीले शंका गरे पनि उनीहरुले आमने सामने भएका व्यक्तिलाई नचिनेको बताएका थिए। तर, प्रहरीले पुन: उनीहरुलाई फलो गर्न थालेपछि सुरु भएको थियो फायरिङ।

हेमन्तप्रकाश ओलीको खोजीमा हिँडेको प्रहरीले भेटेको व्यक्ति थिए विशाल तामाङ। वसुन्धरामा भएको विस्फोटको समयमा तामाङ त्यही क्षेत्रमा रहेको प्रहरी अनुसन्धानमा देखिएकाले घटनामा उनको संलग्नता रहेको प्रहरीको अनुमान थियो।

विप्लवका सहयोगी शिव धिताल त्यही समातिए। एक युवक भने त्यहाँबाट उम्किन सफल भए। उनैबाट प्रहरी परिचालन भएको सूचना हेमन्तसम्म पुग्यो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!