आदिवासी जनजातिलाई उद्घोषण तालिम

SHARE:

हुम तमु

पोखरा । पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुलाई उद्घोषण तालिम शुरु भएको छ।

पोखरा महानगरपालिका वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्धारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज भण्डारीले व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गरेका हुन् । प्रमुख अतिथि भण्डारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै आदिवासी जनजातिको बोली ठाँउमा पुग्न नसकिरहेको अवस्थामा उद्घोषण तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। उ्दघोषण तालिमसँगै व्यक्तित्व विकासको तालिम समेत जरुरी रहेको भन्नुहुदै हिजोको जसरी आदिवासी जनजातिहरुको अहिले क्षत्री बाहुन भन्दा कमजोर नभएको दावी गर्नुभयो। आदिवासी जनजातिलाई राज्यले प्राथमिकतामा राखेर कोटाकै व्यवस्था गरेको भर्दै आदिवासी जनजाति, गैरआदिवासी जनजाति सबै समान रहेको उनको भनाई थियो।

उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष रनबहादुर रानाले विगतदेखि आदिवासी विभेदमा पारिदै आएकाले अब समान अधिकार पाउनुपर्ने बताए । उनले आदिवासी जनजातिको हातमा डाडु पन्यू आउनुपर्छ भने ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दे उपाध्यक्ष धनबहादुर गुरुङले आदिवासी जनजातिहरु कसै अन्याय सहदैनन भर्दै अब गोरे बहादुर खपाङ्गी, डा.हर्क गुरुङ, डा.महाबीर पुन जस्तो बन्नुपर्ने बताए ।
कार्यक्रमको सञ्चालन लक्ष्मी गुरुङले गरेकी थिइन् ।

तालिमको पहिलो दिन प्रशिक्षकद्वय नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश इञ्चार्ज तथा कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर गुरुङ र नेपाल पत्रकार महासंघ प्रदेश सचिव तथा कास्की आवाज दैनिक पत्रिकाका कार्यकारी सम्पादक रुद्र श्रीस मगरले उद्घोषणकलाका बारेमा सैद्धान्तिक ज्ञानका साथै अभ्यास गराएका थिए । तालिममा पोखरा महानगरपालिका वडा नं. २३ मा बसोवास गर्ने आदिवासी जनजाति गुरुङ, मगर, भुजेल गरी ३५ जनाको सहभागीताका रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!