एडीबीद्वारा सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण

SHARE:

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ ।
0
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।
नेपालका लागि एडीबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्प पछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्‍याएको छ ।’

वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको विश्लेषण छ । ‘यी चुनौतीहरुलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना छ’ एडीबीका आवासीय निर्देशक मुख्तोरले भने ।

कृषि क्षेत्रको वृद्धि ४.५ प्रतिशत पुग्न सक्ने उनको अनुमान छ । जुन गत आर्थिक वर्षमा २.८ प्रतिशत थियो । यो आँकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान छ । थोक तथा खुद्राव्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सलगायतकासेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!