काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।







