काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।
समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर खड्का,असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।
लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।






