ओभरलोडका कारण डडेल्धुरामा बस दुर्घटना, ५ यात्रुको मृत्यु

SHARE:


डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिएका छन् । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको संख्या पनि एकिन भइसकेको छैन।

सडकबाट करिव २ सयमिटर तल खसेको बस दुर्घटना हुनुको कारण ओभरलोड हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइते यात्रुका अनुसार बसमा ५० भन्दा बढी यात्रु थिए। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि लगिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!