प्रदेश १ को स्थायी राजधानी विराटनगर

SHARE:

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो । कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावका पक्षमा प्रदेशसभाका ९३ सदस्यमध्ये ८६ मत परेको थियो । विपक्षमा शून्य मत परेकाले दुई तिहाइ मतले प्रस्ताव पारित भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

राजधानीका लागि चारवटा प्रस्ताव दर्ता भएका थिए । सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरेपछि स्थायी राजधानीको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

सोमबार २ बजे बोलाइएको प्रदेशसभा बैठक २ घण्टा ढिलो गरी सुरु गरिएको थियो । बैठक सुरु हुनासाथ सभामुखले स्थायी राजधानीको प्रस्तावलाई सर्वसम्मत बनाउन सहमति प्रयास जारी रहेकाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरे ।

सवा ६ बजे सुरु भएको अर्को बैठकको सुरुमै सभामुखले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्नेसम्बन्धी प्रस्ताव पेस गर्न प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई समय दिए । कार्कीले सत्तारूढ दलका सचेतकले पनि विराटनगरलाई नै स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रस्ताव दर्ता गराएका कारण आफ्नो प्रस्ताव फिर्ता लिने जानकारी सभामुखलाई गराए ।

तर कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावको विपक्षमा रहेको समेत उनले बताए । उनले आन्दोलनमा रहेका विराटनगरवासीसँग मुख्यमन्त्री शेरधन राईलगायत नेकपाका नेताहरूले कार्यपालिका तथा व्यवस्थापिका विराटनगरबाट बाहिर नलैजाने मौखिक प्रतिबद्धता जनाएका कारण आफ्नो प्रस्ताव फिर्ता लिएको बताए ।

धनकुटालाई स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रस्ताव दर्ता गराउने सांसद लीला सुब्बा र निरन राईले भने प्रदेशसभा सचिवमार्फत पहिला नै आफ्नो प्रस्ताव फिर्ता लिएकाले सदनमा प्रवेश नै पाएन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!