देउवाको प्रश्न, ‘राष्ट्रपति बेलायती महारानीजस्तो किन हुनुपर्‍यो भनेर ?’

SHARE:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा पुष्टि हुन थालेको दाबी गरेका छन्।

प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए।

‘सभामुख निरिह भइसके। प्रधानमन्त्री जे पायो त्यही बोल्ने भए,’ राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले भने, ‘मैले त्यही भएर भनेको, कम्युनिष्ट शासन आएपछि यस्तै हुन्छ भनेर।’

डेढ वर्षअघि प्रदेश र संघको चुनाव हुनुअघि देउवाले कम्युनिष्टले जिते रून पनि नपाइने बताएपछि उनको अभिव्यक्तिलाई लिएर निकै आलोचना भएको थियो।

त्यतिबेला आफूले भनेको कुरा मिल्दै गएको देउवाले दाबी गरेका हुन्। ‘हिजो संसदमा तपाईंहरूले देखिहाल्नुभयो, प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोले। हामीले डिलिट गर्नुपर्छ भन्यौं। विरोध गर्‍यौं,’ उनले भने, ‘सभामुखले डिलिट गर्न सकेनन्।’

सभामुखले प्रतिपक्षलाईभन्दा सत्तापक्षलाई महत्व दिएको उनको भनाइ छ।

‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक र काँतर सभामुख देखेकै छैन,’ देउवाले भने, ‘धेरै सभामुख देख्यौं, यस्तो निरिह सभामुख देखेको थिइनँ।’

संसद प्रतिपक्षको भन्ने भनाइ भए पनि प्रतिपक्षलाई सभामुखले भूमिका नदिएको देउवाले बताए।

‘सरकार सत्तापक्षको, हाउस (सदन) प्रतिपक्षको भन्ने भनाइ छ,’ उनले भने।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा मेरो सरकार भनेकोमा पनि देउवाले बेलायती महारानीजस्तो किन हुनुपर्‍यो भनेर प्रश्न गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!