साहित्यिक संस्था तामाङ डाजाङको १८ औं वार्षिक कार्यक्रम सम्पन्न

SHARE:

काठमाडौं । साहित्यिक संस्था तामाङ डाजाङको १८ औं वार्षिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित नेपाल तामाङ घेदुङको हलमा एक कार्यक्रम गरी डाजाङको वार्षिकी मनाइएको हो । प्रमुख अतिथि जापानका लागि नेपाली पूर्वराजदूत एवं डाजाङका संरक्षक डा. गणेश योन्जनले दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सोही अवसरमा डाजाङले २०७५ सालमा तामाङ साहित्यमा योगदान पुर्‍याएबापत तीन जना लेखक रचना मोक्तान, सन्जीब योन्जन र याङजी थोकरलाई तामाङ साहित्य (ग्योइकाइ) पुरकार–२०७५ ले नगद जनही ५/५ हजार सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी २०७५ मै तामाङ भाषामा पुस्तक प्रकाशन गरे बापत ६ जना लेखकहरुलाई सम्मान गरेका छन् । सम्मान हुनेहरुमा गोसाइकुण्ड गाउँपालिका–५ रसुवाका फुर्पा तामाङ (तामाङ उखानकोश), सुनकोसी गाउँपालिका–४ सिन्धुलीका तेजबहादुर योन्जन (फापारे व्हाइ), बाग्मती गाउँपालिका–८ फापारबारी मकवानपुरका मुक्तान थेबा (काकलिङ), मन्डन देउपुर नगरपालिका–१ काभ्रेकी शान्ति वाइबा (पेङ दोर्जे), चौरीदेउराली गाउँपालिका–५ मादनकुँडारी काभ्रेका निरुभक्त वाइबा (ग्ले तगुर) र सैलुङ गाउँपालिका–१, दुधपोखरी दोलखाका कृतधावा तामाङ घिसिङ (ताम्बा व्हाइ) रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि योन्जन, भाषाविद् अमृत योन्जन तामाङ, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तामाङ डाजाङले २०५९ देखिनै हरेक महिनाको आन्तिम शनिवार तामाङ साहित्यिक कार्यक्रम गर्दैआएको छ । त्यससंगै मासिक पत्रिका तामाङ डाजाङ १५४ अंकसम्म निरन्तर प्रकाशन गरिसकेका छन भने तामाङ काइ नामक रेडियो कार्यक्रमसमेत २०६१ देखि हालसम्म निरन्तर प्रसारण गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!