भुरुङ्दीस्यों बौद्ध तमु समाजले रजत उत्सव मनायो

SHARE:

रमेश गुरुङ

पोखरा । पोखरा १० रामघाटमा समाज घर रहेको भुरुङ्दीस्यों बौद्ध तमु समाजले विविध कार्यक्रम गरी शनिवार रजत उत्सव मनाएको छ। समाज स्थापनाको २५ वर्षको अवसरमा शुभकामना आदान प्रदान, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान, जेष्ठ नागरिकलाई सम्मान सहित विविध कार्यक्रम गरी रजत उत्सव मनाएको हो।

भुरुङ्दी स्यों भेकका गाँउहरु कास्कीको सावेत, दाङसिंङ, साक्र्यु, गैरीबाङ, आङबाङ, मोहोरिया, मौजा यसैगरी पर्वतका भुक, ताङ्ले, लौसीबोट, झिलीबराङ, लाङ्दी लगायतका गाँउबाट पोखरा आइ बसोवास गर्ने तमुहरुको संस्थाको रजत उत्सवको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि गुरुङ शुभकामना व्यक्त गर्नुहुदै समाज गठनले गाँउबाट पोखरा झरेका दाजभाई दिदिवहिनीहरुलाई एकतावद्ध, तमुहरुको मौलिकता संरक्षण, संस्कारगत कर्म गर्न सजिलो भएको बताउनुभयो। उहाँले सभ्य समाज निर्माणमा तमुहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै भुरुङ्दीस्यों बौद्ध तमु समाजको उत्तरोत्तर प्रगतिको कामनाका साथ आगामी दिनमा वडा कार्यालयको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा अन्नपुर्ण गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष विजत गुरुङ, युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि देवेन्द्र शेरचन, युवा समाजसेवी रमेश गुरुङ, समाजका पुर्व अध्यक्ष क्या.लोकबहादुर गुरुङ, दुर्लुङ तमु समाजका अध्यक्ष दानबहादुर गुरुङ, सल्लाहकार क्या.फत्तबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा उच्च शिक्षा हासिल गरेकी डा.सोनी गुरुङ, राजकुमार गुरुङ, सुस्मिता गुरुङ, मुना गुरुङलाई सम्मान गरिएको थियो। यसरी नै ८२ वर्षिया चिजकुमारी गुरुङ सम्मान गरिएको थियो भने आमा समुहले नृत्य प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष सुवेदार देवानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष सुर्यबहादुर गुरुङ र सचिव सुवेदार बिष्णुभक्त गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!