५५ औ विद्यार्थी एकता दिवसमा संयुक्त अखिलको प्रभातफेरी

SHARE:

काठमाडौं । ५५ औ विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) ले संयुक्त प्रभातफेरी आयोजना गरेका छन् । वि.स.२०२१ जेष्ठ १ गतेलाई विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको एकता र विजयको उत्सवको दिनको रुपमा मनाउँदै आएका छन् ।

विहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियोे। प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएको अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।

भुगोलपार्कमा आयोजित सभामा अनेरास्ववियूका पुर्व अध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली , अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!