व्यवसायी सुमार्गीको रकम तत्काल फुकुवा नगर्न सर्वोच्चको आदेश

SHARE:


काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोका रहेकाले फुकुवा गर्नुपर्ने अवस्था देखिएन ।” आदेशसँगै रिट निवेदनसमेत खारेज गरिएको छ । व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करीब रु ८० करोड) राष्ट्र बैंकले रोक्का गरेको थियो । सो रकम अदालतले तत्काल फुकुवा नगर्ने भनेको हो ।

सर्वोच्चले सो रकमको स्रोत खुलाउनुपर्ने उल्लेख गर्दै आदेशमा भनिएको छ, “निवेदकको नाउँको खाताको रकम के कुन स्रोतबाट आएको हो, सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घन गरी आएको हो वा होइन ? सम्बन्धित निकायबाट कारवाही गर्नुपर्ने हो वा होइन, सो सम्बन्धमा यकिन निर्णय गर्नु ।” सर्वोच्चले सुमार्गीको नाममा सुमार्गीकै विदेशमा रहेको खाताबाट रकम आएको राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी छ महीनाभित्र यकिन निर्णय लिनु भनेको छ । आदेशमा सो विषयमा कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म प्रत्येक महीना प्रगति विवरण सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशानालयमा पठाउन भनिएको छ ।

यसअघि, तत्कालीन न्यायाधीश दीपकराज जोशीले गत पुसमा सुमार्गीको रकम तत्काल नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि प्रधानन्यायाधीश जबरा र डा आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुमार्गीको रकम रोक्का भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!