कास्कीमा बैठक बसिरहेका विप्लवका १८ नेता, कार्यकर्ता प्रहरीको नियन्त्रणमा

SHARE:

पोखरा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा शनिबार राति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा बसिरहेका उनीहरुलाई घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार, विकास पार्टी जिल्ला सेक्रेटरी भएको खुलेको हो । त्यस्तै काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता हुन् ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!