गेसो संस्थापकबीचमै द्वन्द्व

SHARE:

पोखरा । गोरखा सैनिकको भेदभाव, असमान व्यवहार, हकहित र अन्यायको लागि आवाज उठाउने उद्देश्यले खुलेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) अहिले छिन्नभिन्न अवस्थामा छ । पदमबहादुर गुरूङको सभापतित्वमा २९ वर्ष अगाडि खुलेको गेसोमा अहिले संस्थापकबीचमै द्वन्द्व चर्केको छ ।

संस्थापक अध्यक्ष पदमबहादुरले बीचमै राजीनामा दिएपछि कृष्णकुमार राई अहिले गेसोका अध्यक्ष छन् । तर, वर्तमान अध्यक्ष राई, संस्थापक अध्यक्ष पदमबहादुर, संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङबीच व्यक्तिगत द्वन्द्वमात्रै होइन, गेसोकै गौरवको आयोजना अलपत्र छ भने विवाद अदालतसम्म पुगेको छ ।

नेपाल र बेलायतमा गोर्खा सैनिकको अधिकारको लामो लडाइँ लडेको गेसोको अगुवाइमा स्याङ्जाको कोल्मा डाँडामा ३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन स्मारक पार्क निमाणमा विवाद सतहमा आएको हो । युद्धमा मारिएकाहरुको सम्झनामा समाधिस्थल, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, ६ डिब्बाको रेलसहित स्मारक पार्क निर्माण गर्ने २०६८ सालमै प्रक्रिया सुरु भएको थियो । यो स्मारक पार्कलाई गेसोले ऐतिहासिक गौरवको आयोजनाका रुपमा लिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!