प्रवास तथा अन्तराष्ट्रिय

हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

गुजरात । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् । उनले आगामी सन् २०२२ सम्ममा सबै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताए ।

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुल । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा

अमेरिकी दूतावासमा गोली प्रहार

अङ्कारा । टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीका एक जना सरकारी अधिकारीका अनुसार

केरला बाढी: मृत्यु हुनेको सङ्ख्या ३ सय ५७ पुग्यो

थिस्सुर, भारत । दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको

चीनमा आँधीका कारण दुई लाख ६० हजार प्रभावित

झेन्झाउ । चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तमा शुक्रबार र शनिबार

रहेनन् राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नान

जेनेभा, स्वीट्जरल्याण्ड । राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए । घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

ओडिसा । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उनी ९३ बर्षको थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश

अफगानिस्तानमा आत्मघाती हमलामा २५ जना मारिए, ३६ जना घाइते

काबुल । अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् । “पैदल हिँडेर आएका आत्मघाती

इटालीमा पुल भत्किँदा कम्तीमा ३० जनाको मृत्यु

रोम । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन् । दुर्भाग्यबस दुखद घटनामा ३० जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ ।

इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताएका छन् । चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा

चीनमा गत महिना कोइला आयातमा वृद्धि

बेइजिङ, चीन । चीनको कोइला आयातमा गत जुलाईमा फेरि वृद्धि देखिएको छ । जुलाईमा मुलुकका अधिकांश स्थानहरूमा गर्मी बढेको र विद्युतको मागमा पनि वृद्धि आएपछि विद्युतका लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा

error: Content is protected !!