प्रमुख समाचार

हार्दिक श्रद्धाञ्जली: श्रीमती टिकामाया खापुङ तिगेला लिम्बु

हार्दिक श्रद्धाञ्जली नेपाल आदिवासी जनजाति महासंघ युकेका संस्थापक सदस्य, बर्तमान सल्लाहकार, बरिष्ठ पत्रकार तथा साहित्यकार श्री बिश्वासदिप तिगेलाज्युको ममतामयी आमा श्रीमती टिकामाया खापुङ तिगेला लिम्बुज्युको मिति २०७९ असार १ गते बुधबार ७५ वर्षको उमेरमा दु:खद

एनआरएनए यूकेको आगामी ६ अगस्टमा वार्षिक साधारणसभा हुने

लन्डन २२ जुन २०२२ । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले आगामी ६ अगष्टमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेको ठीक १ वर्ष पुगेको दिन साधारणसभा आयोजना गर्न लागिएको

गैर आबासिय नेपाली संघ (एनआरएनए) साम्प्रदायिकतामा खुम्चिएको नेफिन युकेका अध्यक्ष शेर्पाको धारणा ।

21 June 2022 United Kingdom – कर्मा पहाडी शेर्पा एनआरएनलाई हामी बिदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको साझा संस्था मान्दै आएका छौं। जहाँ जातिय भेदभाव र राजनीति पूर्वाग्रह बिना सम्पूर्ण समुदायका नेपाली अटाउने बिश्वास लिएका थियौं।

तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित

एसपीपी अस्वीकार गर्ने नेपाल सरकारको निर्णय

काठमाडौँ २० जुन २०२२ । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

चालु अधिवेशनमै नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं । १८ जुन २०२२ । नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गरेका छन् ।

गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं १६ जुन २०२२ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन् । संघले बिहीबार यहाँ आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा

विपद्का घटनामा परी दुई महिनामा ६५ जनाको मृत्यु, ५१ करोड बढीको क्षति

काठमाडौं जुन १४ । पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले

निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने

काठमाडौं जुन १४ । निर्वाचन आयोगले बुधबार असार १ गतेबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । ‘सबै निर्वाचन

कुटपिटको आरोपमा लुम्बिनीकी राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

काठमाडौं ।  ‘प्रेमी’को परिवारको सदस्यलाई हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले

४ लाख तलब पाउने गरि बेलायतमा नेपाली नर्स पठाउने सरकारको तयारी

काठमाडौं जुन १३ । मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट बेलायतमा नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार

किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं जुन १३ । प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल

error: Content is protected !!