सदियौंदेखि वैज्ञानिकहरुले मानिसको शारीरिक हड्डीको विकास सीमित रहेको र तिनीहरु पूर्वानुमान गर्न सकिने तरिकाले हाम्रा आमाबुवा र परिवारसग मेल खाने गरी बढ्ने विश्वास गर्दै आएका थिए । तर एक डच एनाटोमिस्टले एउटा बाख्राको कंकाल अध्ययन गर्दा वर्तमानको वातावरणसग अनुकूल रहन त्यसको हड्डीहरुको विगतको ढाचामा परिवर्तन आइरहेको पत्ता लगाएका हुन् । यसरी आज हाम्रो शरीरले पनि आधुनिक जीवन अनुरुप नयँ विकासका ढाचा अपनाइरहेको पाइएको छ । अर्थात हाम्रो ‘स्केलेटन सिस्टम’ पनि समयअनुसार तन्किने वा खुम्चने भइरहेको छ ।
बाहिरबाट हेर्दा हड्डी कडा र नतन्किने भएपनि त्यसभित्र जोडिएर रहेका मांसपेशीहरु जिवित र हरेक क्षण सक्रिय रहने गर्दछन् । यस्तोमा त्यहाका सेलहरु लगातार नष्ट हुदै फेरि विकास हुने क्रम जारी रहन्छ जसकारण पनि यो हाम्रो जीवनशैली अनुरुप नया प्रकारले विकासित सक्ने बताइएको छ । यसले एउटा नया अध्ययनको उत्पति गराएको छ जसलाई ‘ओस्टियो बायोग्राफी’ भनिन्छ जुन सामान्य ढङ्गमा हड्डीहरुको जीवनकथा हो र यस अन्तर्गत एक व्यक्तिको हड्डी हेरेर उसको जीवनशैली कस्तो थियो र उसले कसरी जीवन बितायो भनेर बताउन सकिन्छ । यस्तोमा वैज्ञानिकहरुले भविष्यमा पनि २०१९ का मानिसहरुको जीवन कस्तो थियो भन्ने थाहा पाउन यहि तरिका अपनाउन सक्नेछन् । किनकी हाम्रो आधुनिक जीवनले पनि हाम्रा हड्डी र शरीरको बनावटमा धेरै परिवर्तन ल्याइसकेको पुष्टि भएको छ ।
जस्तै अहिलेका धेरै मानिसहरुको खोपडीको पछाडिपट्टीको भागमा अनौठो सानो काडाजस्तो उठेको फेला परेका छन् भने हाम्रो बङ्गारा सानो हुँदै गइरहेको छ । त्यस्तै युवाहरुको कुइनो सानो हुदै जानु र बालबालिकाहरुको हड्डी कमजोर हुनु लगायतका घटना आधुनिक जीवनशैलीको प्रभाव स्वरुप मानव शरीरमा आइरहेका बदलावहरुका उदाहरण हुन् । युनिभर्सिटी अफ सनसाइन कोस्ट स्वास्थ्य वैज्ञानिक डेभिड सहर भन्छन– म २० वर्षदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छु र पछिल्लो दशकदेखि मैले मेरा बिरामीहरुको खोपडी अनौठो तरिकाले बढेको महसुस गरेको छ । काँडा जस्तो उठेको देखिने सो विशेषतालाई ‘अक्सिपीटल प्रोटुबरेन्स’ भनिन्छ जुन खोपडी पछाडिको तल्लो भागमा, घाँटीको ठीक माथि हुन्छ । कसैको यस्तो भएमा हामीले छामेर पनि थाहा पाउन सकिन्छ र तालु भएमा बाहिरैबाट देखिन्छ ।
केही समय अगाडिसम्म पनि यस्तो फेला पर्नु अत्यन्तै दुर्लभ मानिएको थियो । १८८५ मा पहिलोपटक यो देखा पर्दा यसको अनुसन्धान गर्ने वैज्ञानिकले जीवनभर अनेकौ नमूनाहरुमाथि अनुसन्धान गर्दा कहिल्यै त्यस्तो नदेखेको र त्यसको नाम समेत नभएको गुनासो गरेका थिए । यस्तोमा डेभिड र उनका सहकर्मीहरुले यसको अनुसन्धान गर्ने निर्णय गरे र १८ देखि ८६ वर्षका हजारौ मानिसको खोपडीको एक्स–रे गरेका हुन् । यसपछि उनीहरुले त्यस्तो खोपडी भएका मानिसहरुको पोस्चरबारे पनि अध्ययन गरे ।
यसरी वैज्ञानिकहरुले यो अनुसन्धानबाट पत्ता लगाएको कुरा वास्तवमै आश्चर्य चकित पार्ने किसिमको थियो किनकी खोपडीको सो वृद्धि युवा पीढीमा अत्यन्तै सामान्य भइसकेको उनीहरुले थाहा पाए । जस्तै १८ देखि ३० वर्षका चार मध्ये एकमा यस्तो हुने गरेको उनीहरुको भनाइ छ । यस पछाडिको वैज्ञानिक कारण के हो त ? के यो चिन्ताजनक विषय हो ? डेभिडका अनुसार खोपडीको सो वृद्धि वास्तवमा आधुनिक प्रविधिसँग सम्बन्धित रहेको छ विशेषगरी अहिलेको युगमा मोबाइलको मोहले यस्तो गराइरहेको छ । जस्तै हामीले मोबाइल हेर्दा हाम्रो घँटी तन्काएर टाउको अगाडि ल्याइरहँदा हाम्रो घाँटीले टाउकोलाई त्यसको पोजिसनमा राख्न असहज तरिकाले तन्काउनु पर्ने हुन्छ । यसैबारे थप अध्ययन गर्न उनी र उनका सहकर्मीले सबै बालबालिकालाई एक हप्ताभरिको तिनको दैनिक क्रियाकलापबारे प्रश्नहरुको जवाफ दिन लगाए । जसपछि उनीहरुको हड्डी कमजोर हुनु तिनीहरु दिनभरिमा हिड्ने दौडने लगायत शारीरिक क्रियकलापको मात्रासँगै सम्बन्धित रहेको फेला परेको हो ।
सबैलाई थाहा भएकै कुरा हो की हामीले जति जति हाम्रा मांसपेसीको प्रयोग गर्छौ त्यति नै हामीले त्यसलाई सहायता गरिरहेको हड्डीको तौल बढाउन पनि मद्दत गरिरहेका हुन्छौ । उनले भनेकी छन्, हामीले बारम्बार मसल्स चलाइरहँदा हड्डीका टिस्युपनि धेरै निर्माण भइरहेका हुन्छन् र हाम्रो हड्डी ठूलो र बलियो हुँदै जान्छ । यस्तोमा तुलनात्मक रुपमा ठूलो हुनुपर्ने कुइनोको हड्डी सानो हुँदै जानु र कमजोर हड्डी हुनु, आधुनिक जीवन अनुरुप शारीरिक बनावटमा परिवर्तनको लक्षण भएको बताइएको छ । किनकी आवश्यक नहुँदा हड्डी बढ्नुको कुनै अर्थ पनि छैन ।






