अल्डरसट ५ असोज । स्व. मनसुबा गुरुङको धर्म गुरुहरु रिम्पोछे लुङ्गरिग निमा र खिम्पो निमा सिङ्गाबाट धार्मिक विधिनुसार अर्घु सम्पन्न गरिएको छ ।
बुद्धिष्ट कम्युनिटी सेन्टर, अल्डरसट यूकेमा स्व. मनसुबा गुरुङको सेप्टेम्बर २१ तारिखका दिन अर्घु सम्पन्न गरिएको हो । स्व. मनसुबा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङका माता हुन् ।
कोभिड-१९ का कारण सार्वजानिक स्थलहरुमा उपस्थित हुनाका लागि सरकारले कडा नियम बनाएको छ । साधरणतया अर्घुमा २/३ सय जनाको उपस्थिति रहन्थ्यो । तर ३० जना मात्र गुम्बामा उपस्थित हुन सक्ने मापदण्ड रहेको गुम्बाका प्रबन्धक पूर्ण गुरुङ बताउँछन् ।
दुःखको बेला र आफन्तजन चाहेर पनि आउन नपाउँदा मृतक परिवार झनै दुःखी देखिन्थे । अर्घुमा छोराछोरी, ज्वाइँ, नातिनातिनी, आस्यो र नजीकका आफन्तहरु मात्र उपस्थित थिए ।
मनसुबा गुरुङको ८५ वर्षको उमेरमा भदौ ८ गते सोमबार आफ्नै निवास बेलायतको फार्नबोरोमा निधन भएको थियो ।







तस्बिरहरु : मिलन तमु






