गजेन्द्रराज नेम्वाङ
जीवन एक सुन्दर सपना ! जीवन प्रतिको एक दृश्य हो यो अध्यात्मको कोणबाट हेर्दा ! जीवन मानिसले चाहेको जस्तो नहुनुको मुख्य कारण ईश्वर (उर्जा) प्रति समर्पित नहुनु र अध्यात्मको अभ्यास नहुनुले नै हो ।
मानिस जुन दिन अध्यात्मसँग पूर्णरुपमा साक्षात्कार हुन्छ त्यही दिन जीवन एक सपनामात्र रहेछ भन्ने कुरा बुझ्दछ् । जसको कारण उ वर्तमानकालमा टिक्दछ । र वर्तमानकाल नै आनन्दको श्रोत हो । त्यसैले हरेक मानिसले अध्यात्मप्रति झुकाव भई यसैमा डुब्नु पर्ने हो । तर कति मानिसले बुझेरै पनि चाहँदैन अध्यात्ममा डुब्न र कतिले अनुकूल वातावरण नै पाएको हुन्न । अर्को शब्दमा भन्नु पर्दा अध्यात्ममा लिन हुन समाजमा सदगुरुको अभावमा मानिसले अभ्यास गर्न नै अवसर पाउँदैन। सदगुरुको अभावमा अध्यातममा प्रवेश गर्न पनि कठिन हुन्छ किनभने पसेपछि छिचोल्नु पर्ने हुन्छ ।
जे होस ! अन्तिममा गर्नु पर्ने अभ्यास र डुब्नु पर्ने सागर भनेको त अध्यात्म नै रहेछ यात्रा सहज नभए पनि । अध्यात्मको यात्रा सुरुमा गारोपछि आजीवन सजिलो । लामो समय योग, साधनाको प्रयोग र अभ्यास गरेपछि थाह भयो कि ! जीवनको परम लक्ष्य अन्ततः दु:खबाट मुक्तिको अभ्यास अध्यात्म नै हो । प्राकृति विपत्तिहरु कोरोनादेखि भुइँचालोसम्म, बाढी पहिरोदेखि जीवनको आँधीबेरीसम्मका बाबजुद पनि यो मन, त्यो मनलाई हल्लिन नदिने अन्ततः अध्यात्मको बलले नै हो ।
जय मनोक्रान्ति । जय होस् !






