गणेशजीको सुँड अर्थात् Art of Breathing

SHARE:

Whenever your mind becomes scattered use your breath as the means to take hold of your mind agai
– Thick Nhat Hanh

महायोगी अरविन्दको एक कृतिले साहित्यमा झन्डै नोबेल पुरस्कार पाएको थियो । नोबेल प्राइजको लागि नोमिनेसनमा परेको उक्त महाकाव्यको नाम हो ‘सावित्री’ । यो चौबीस हजार श्लोकमा लेखिएको र बाह्र भोलुममा निस्किएको महाग्रन्थ हो । रमाइलो कुरा, यो ग्रन्थ उनले जेल बस्दा लेखेका थिए ।

अरविन्द भारतीय स्वतन्त्रता संग्रामका सेनानी थिए । अर्थात् उनी राजनीतिक व्यक्ति थिए । सन् १९०८ तिर अलिपुर जेलमा रहँदा टाइम पास गर्न ‘सावित्री’ लेख्न थाले । उनले हरेक दिन मुस्किलले १०–२० लाइन कविता कोरिरहेका थिए अर्थात् लेख्ने काम अत्यन्त मन्द गतिमा अघि सर्दै थियो । त्यसपछि उनले प्राणायाम गर्न थाले । चार–चार, पाँच–पाँच घण्टा दैनिक । यसको केही समयपछि उनको जीवनमा चमत्कार भयो । प्राणायामको प्रभावले दिमाग यति तीखो हुँदै गयो कि आधा घण्टाभित्र २०० लाइनसम्म लेख्नसक्ने भए । प्राणायामले एकातिर स्मरण शक्तिलाई प्रभाव पारेको थियो भने अर्कोतिर सिर्जनशीलताको बाढी नै ल्याइदियो ।

एक राजनीतिक योद्धा जेल गए तर निस्कँदा भने एक महायोगी, एक महाकवि भैसकेका थिए । अर्को शब्दमा भन्नु पर्दा प्राणायामले उनलाई पोलिटिकल लिडरबाट स्प्रिचुअल लिडर बनाइदियो । स्मरण रहोस्, हावालाई ल्याटिन भाषामा स्पिरिट भनिन्छ र जसले यसलाई जति बढी ग्रहण गर्छ ऊ त्यति नै स्प्रिचुअल हुन्छ भन्ने कुराको जीवन्त उदाहरण हुन् अरविन्द ।

अध्यात्मवादलाई अंग्रेजीमा Spiritualism भनिन्छ । यो शब्द ल्याटिन भाषाको Spiritus बाट आएको हो, जसको अर्थ हुन्छ हावा । हावाले शरीरलाई छोड्ने बित्तिकै मान्छे मृतक बन्छ । त्यसैले स्पिरिटलाई आत्मा पनि भनिन्छ । स्पिरिट अर्थात् हावा जति बढी शरीरले खपत गर्दछ, त्यति नै मान्छे स्पिरिचुअल अर्थात् आध्यात्मिक बन्दै जान्छ । यस परिभाषानुसार आध्यात्मिक बन्न आस्था, श्रद्धा, पूजा, पाठ, प्रार्थना आदि भन्दा सासलाई बढीभन्दा बढी ग्रहण गर्ने क्षमताको विकास गर्दै जानु हो । अर्को शब्दमा भन्नु पर्दा कम सास लिएर कोही अध्यात्मिक बन्नै सक्दैन । यही विज्ञानलाई सम्झाउन, बुझाउन गणेशजीको सुँड अगाडि सारिएको देखिन्छ । अर्थात् सुँडजस्तै लामो सास तान अनि सफल बन, शरीरको मैलादेखि उठ्दै महापुरूष बन ।

चौरङ्गिपा
बौद्ध धर्मको वज्रायानमा आठौँ शताब्दीदेखि बाह्रौँ शताब्दीसम्म ८४ जना मुक्त पुरूष भएको मानिन्छ । तीमध्ये चौरङ्गिपाको कथा बडो मननीय छ ।
चौरङ्गिपा स्यालकोट अर्थात् वर्तमान पञ्जाबका राजकुमार थिए । क्रमश:

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!