‘ढिरे’ आमादेखि ‘मर्कली’की आमासम्म : अर्चना गुरुङको कला र सेवायात्रा

SHARE:

शिवकुमार गुरुङ
स्याङ्जा जिल्लाको बिरुवास्थित खुदीमा जन्मनुभएकी अर्चना गुरुङ लामो समय पोखरा बसाइपछि हाल अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ। भौगोलिक रूपमा मातृभूमिबाट टाढा रहे पनि नेपाली मौलिकता, परम्परा र संस्कृतिप्रतिको उहाँको आत्मीयता र लगाव उत्तिकै प्रगाढ रहँदै आएको छ।

सामाजिक सञ्जाल टिकटकमा उहाँ ‘ढिरे’ आमा तथा ‘ढिँडो लभर’का रूपमा समेत परिचित हुनुहुन्छ। नेपाली परम्परागत खाना, विशेषगरी ढिँडोप्रतिको आफ्नो रुचिलाई उहाँले गाउँघरको मौलिक स्वाद, रहनसहन र जीवनशैलीसँग जोडेर प्रस्तुत गर्दै आउनुभएको छ। उहाँले साझा गर्ने सामग्रीमा हाम्रो परम्परागत भान्साको स्वाद मात्र होइन, गाउँघरको सम्झना, नेपालीपनको सुवास र मातृभूमिप्रतिको आत्मीयता पनि झल्किन्छ । दैनिक जीवनसँग जोडिएका सरल विषयवस्तुका माध्यमबाट पनि आफ्नो संस्कृति र मौलिक पहिचानलाई देश–विदेशमा चिनाउन सकिन्छ भन्ने कुराको उहाँ एक सुन्दर उदाहरण हुनुहुन्छ।

अर्चना गुरुङको परिचय अभिनय र सांस्कृतिक क्षेत्रमा मात्र सीमित छैन; समाजसेवामा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ। उहाँका स्वर्गीय श्रीमान् सुबेदार दलबहादुर गुरुङले भारतीय सेनाको ५/४ गोर्खा राइफल्समा सेवा गर्नुभएको थियो । पोखरामा रहँदा अर्चना गुरुङले ५/४ जीआर आमा समूहको अध्यक्षका रूपमा ६ वर्षसम्म जिम्मेवारी सम्हाल्दै सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । उहाँले प्रदर्शन गर्नुभएको नेतृत्व क्षमता, सामाजिक सक्रियता र सेवाभाव अत्यन्त प्रशंसनीय एवं सम्मानयोग्य छन्।

राष्ट्रिय पुरस्कारप्राप्त चलचित्र ‘मर्कली’मा उहाँले निर्वाह गर्नुभएको आमाको महत्त्वपूर्ण भूमिकाले चलचित्रको कथा र भावनालाई जीवन्त बनाउन विशेष योगदान पुर्‍याएको छ।

चलचित्रमा कलाकारका रूपमा, सामाजिक जीवनमा सेवाभावका साथ र दैनिक व्यवहारमा मौलिक संस्कृतिप्रतिको लगावमार्फत उहाँले निर्वाह गर्दै आउनुभएका विविध भूमिकाहरू प्रशंसनीय छन्। उहाँजस्ता व्यक्तित्वको योगदानको कदर गर्नु हाम्रो कला, संस्कृति र सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउनु पनि हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!