नगेन्द्रराज नेम्वाङ ‘वागिस’
प्रेम उर्जा हो, प्रेम आकर्षण पनि हो । प्रेम शक्ति पनि हो, प्रेम सबै चीज हो । प्रेम चलिरहेको समयमा आनन्दबाहेक केही हँुदैन । प्रेमको अभावमा शरीर कमजोर महसुस हुन थाल्दछ । शरीरलाई रोग लाग्ने, दुघर्टनामा फसिने संभावना बढी हुन्छ । प्रेम मनको अवस्था पनि हो । मनको अवस्था विचार बुद्धि, तर्क चलिरहेको अवस्थामा प्रेमको आभाष हुँदै जान्छ । प्रेमको आभाष प्राप्तिका लागि त विचार बुद्धि, तर्क, चन्चल चित्तलाई पार गरी सपना, भावना र कल्पनामा डुब्न सक्नु पर्दछ ।
अर्को कुरा प्रेम भन्ने चीज अरुबाट पाइने चीज हो । अरुबाट पाउन अगाडि आफूले पनि दिन सक्नु पर्दछ । प्रेम निःस्वार्थ हुनु पर्दछ । प्रेम अरुलाई जति दिइन्छ । त्यसको १० गुणा बढी फर्केर आउने गर्दछ । आजभन्दा करिब एक दशक अगाडि गुरु डा. योगी विकाशानन्दज्यूले प्रवचन दिने क्रममा एउटा जोक्स सुनाउनु भएको थियो । जुन यस प्रकार छ ।
एक नेपाली नागरिक मादल बजाउँदै, अर्को भारतीय नागरिक तबेला बजाउँदै प्रेमको बारेमा गीत गाइरहेका थिए । नेपाली नागरिक मादल बजाउँदै प्रेम दिउ कि नदिउ, दिउ कि नदिउ भन्दै कन्ज्युस्याइँ गरिरहेका थिए भने अर्को भारतीय नागरिकले तुँ पेहिले दे, तु पेहिले दो भन्दै तबेलाको तालमा प्रेम मागिरहेका थिए ।
यो जोक्सको सन्देश के छ भने अरुलाई प्रेम गर्न कन्ज्युस्याइँ गर्न पनि भएन, अरुबाट प्रेम पाउने आशा पनि गर्नु भएन । फेरि प्रेम नभइ नहुने चिज पनि हो ।
सर्वसाधारण मान्छेको बुझ्दै ल्याएको प्रेम भनेको युवायुवतीबीच रोमान्टिक प्रेममात्र हो । प्रेम धेरै किसिमका हुन्छन् । अरुबाट प्रेम प्राप्तका लागि हामीले अरुप्रति गर्नु पर्ने प्रेम, परिवारलाई समय दिनु, परिवारको कुरा सुन्नु, निःस्वार्थ प्रेम आपूmलाई आर्जेको सम्पत्तिबाट अरुलाई आर्थिक सहयोग गर्नु पनि प्रेम नै मानिन्छ । अरुलाई सम्मान गर्नु, सामाजिक कार्यमा सम्मिलित भई आत्मसम्मान बढाउनु पनि समाजप्रति प्रेम मानिन्छ ।
प्रेमको अभावमा शरीरले भोग्नु पर्ने पीडा, कम्मर दुखाई, मानसिक रुपमा धैर्यधारण गर्न नसक्नु पनि हो । स्वस्थ्य र तन्दुरुन्त शरीरका लागि शरीरलाई नभई नहुने स्वस्थकर भोजन, नियमित व्यायाम, गहन आराम, व्यवस्थित जीवनशैली अपनाउँदै प्रेमलाई पनि जोड्दै लाने हो भने जीवनमा आनन्द प्राप्त गर्न सकिन्छ ।






