जिउँदो मान्छे खाडलभित्र पुरिँदाको अनुभव

SHARE:

नगेन्द्रराज नेम्वाङ
सन् २०१० मार्च महिनालाई स्मरण गर्दा ब्रिटिस आर्मीमा कार्यरत क्यूओजिएलआरका लाहुरे नगेन्द्रराज नेम्बाङ्ग यूकेबाट आएर धरान सभागृहको प्राङ्गगणमा जमिनभित्र निराहार भूतपस्या छन् रे भनि पत्रपत्रिका, रेडियो विभिन्न सञ्चार माध्यमद्वारा समाचार संप्रेषण भइरहेको थियो । धेरै जनमानसमा जिज्ञासा यही आइरहेको थियो कि यो लाहुरेको भूतपस्या रहर कि बाध्यता ।

स्वयम् मैले भन्नुपर्दा रहर बाध्यता दुईवटै थिएन । आत्म रुपान्तरण, जीवन रुपान्तरणको एक कठिन साधनाको रोजाई थियो । भाइ गजेन्द्रले यो भन्दा अगाडि भूतपस्यान गरिसक्नु भएको अनुभवी हुनुहुन्थ्यो । उहाँको संयोजनमा मनोक्रान्ति द्रष्टा गुरु डा. योगी विकाशानन्दज्यूको निर्देशनमा ९ गुणा ९ गहिरो खाडलमा ९ दिन ९ रात निराहार भूतपस्या गरिएको थियो । बिनाअक्सिजन केही नखाएर खाडलभित्र कसरी बाँचे होला ? ९ दिनसम्म सबैको मनमा कौतुहलता थियो ।
यस्तो थियो रहस्य, खाडलभित्रको अनुभव दिसापिशाबले दुर्गन्ध वातारण समस्या उत्पन्न हुने भएकोले खाडल पस्न २ दिन अगाडि खाना त्याग्नु परेको थियो ।

खाना त्यागेपछि दिसा लाग्ने कुरै भएन । भोग मेटाउनका लागि २४ घण्टामा १ बोतल पानी पिउन पर्ने थियो । जुन पानी बिहान ४ बजे भाइ गजेन्द्रले खाडलभित्र झारी दिनुहुन्थ्यो । त्यही समय पिशाब पनि प्लास्टिकको बोतलमा जम्मा गरी खाडल बाहिर फालिदिनु हुन्थ्यो ।

खाडलभित्र प्रवेश गरेको पहिलो दिन भोकले केही सतायो, अँध्यरो ९ दिन ९ रात कसरी पार गर्ने होला भनि मनमा त्रास उब्जिन थाल्यो । समय र मिति थाहा पाउनका लागि साथमा एउटा क्रोनोग्राफ घडीबाहेक अरु केही थिएन ।
दोस्रो दिन सामान्य बित्यो । तेस्रो दिनमा निदाएको बेला मृत्युको मुखमा पुगेको अनुभव यस्तो रहेको थियो । सपनामा अति नै भोक लागेर आयो, श्रीमतीले खाना दिनुभयो, खाइयो, भोक मेटिएन । टेबलमा सजाएर राखेको फलफूल खाइयो पनि भोक मेटिएन । राईस कुकरमा खाना पाक्न नपाउँदै तात्तातो मुख पोल्ने गरी खाँदै गर्दा झसंग ब्युझियो, ब्युझिँदा खेरी शरीरभरी पसिना बगिरहेको थियो । सास फेर्न गाह्रो भइरहेको थियो । जति लामो सास तान्दा पनि सास जोड्न कठिन भइरहेको थियो । केही समयपछि श्वासप्रश्वास सामान्य रह्यो । भोक हरायो । शरीर हल्का महसुस भयो ।

मनमा आनन्द प्राप्त भयो र बाँकी दिनहरु खाडलभित्र सजिलै पार भयो । समस्या भोक थियो । भोक हराएपछि आनन्दबाहेक अरु केही थिएन । यही रहेछ, जिन्दगी बद्लिनु भनेको भन्ने ज्ञान प्राप्त भयो । आँखाभरि आँसु झर्‍यो आनायसै । आप्mना मातापिता गुरुप्रति कृतज्ञता टक्र्याएँ ।

आनन्द प्राप्तिले नवौं दिनमा खाडल बाहिर निस्कन मन मानिरहेको थिएन । अन्त्यमा मलाई भर्ती गराउने हुने ए आर ओ झप्तमान साहेव र सुनसरी प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भूतपस्या समापन भएको थियो ।
कार्यक्रम संयोजक संस्था गेसो सुनसरीका अध्यक्ष गजेन्द्र इस्वो लगायत सम्पूर्ण कार्यसमिति, गेसो सुनसरी महिला कमिटी, अहिले बेलायतमा मलाई थाहा पाएअनुसार बिना एकतेन, सानु सुब्बा लगायतको अविस्मरणीय सहयोग रहेको थियो ।
उहाँहरुप्रति आजीवन आभार प्रकट गर्दछु । भूतपस्या पछि जीवन बद्लियो, घुँडा दुखाई र कम्मर दुखाई सधैंको लागि नष्ट भए । जिन्दगी आरामदायक बितिरहेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!