‘स्ट्रेट अफ हर्मुज’ का बिषयमा आकस्मिक वार्ताका लागि लन्डनस्थित आइएमओको आग्रह

लन्डन । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ। मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये छ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले अनुरोध गरेका […]
नेपाल बाहिर रहेका नागरिकलाई ग्लोवल आइएमइको २४ सै घण्टा सेवा

लन्डन । नेपालभन्दा बाहिर बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीबारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि […]
यस्ता छन् एनआरएनए खुला उपाध्यक्ष पदकी उम्मेदवार रोजिनाको प्रतिबद्धता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । आगामी निर्वाचनमा आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन सहयोग र समर्थन गर्न उनले सबै गैरआवासीय नेपाली समुदायसँग आग्रह गरेकी छन् । उनले उम्मेदवारी दर्तासँगै […]
अमेरिकी व्यापार घाटा जनवरीमा अपेक्षा गरिएभन्दा धेरै

वाशिङ्गटन । जनवरीमा अमेरिकी व्यापार घाटा विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी खुम्चिएको अमेरिकी सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । वाणिज्य मन्त्रालयका अनुसार जनवरीमा व्यापार घाटा डिसेम्बरको २५.३ प्रतिशतभन्दा बढेर ५४.५ अर्ब डलर पुगेको थियो । गत वर्ष पुनः ह्वाइट हाउस फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको द्रुत परिवर्तनमा गरिएको करका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा व्यापार प्रवाहमा […]
मध्यपूर्वको अवस्थाप्रति एनआरएनएको चिन्ता, उम्मेदवार र महाधिवेशन प्रतिनिधिका लागि भर्चुअल व्यवस्था गरिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले उक्त क्षेत्रको परिस्थितिका कारण आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन चाहने अभियन्ता, राष्ट्रिय समन्वय परिषद् तथा उम्मेदवारहरूबाट विभिन्न सुझाव र गुनासाहरू प्राप्त भएको जनाएको छ । एनआरएनएको बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको २०८२ फागुन २८ गते (तदनुसार […]
चार भञ्ज्याङ तमु समाज यूकेको २१ मार्चमा च्यारिटी डिनर नाइट हुने

लन्डन । चार भञ्ज्याङ तमु समाज यूकेको यही २१ मार्च २०२६ मा च्यारिटी डिनर नाइट हुने भएको छ । चारभन्ज्याङ सेन्टर फर हेल्थ (टेलिमेडिसिन क्लिनिक) र चार भञ्ज्याङ क्षेत्रको विकासमा सहयोगार्थ १६औँ वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम आयोजना गर्न लागेको समाजले जनाएको छ । उक्त कार्यक्रम शनिबार, २१ मार्चमा अल्डरसटस्थित अल्डरवुडमा हुने छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंग्यायो, रास्वपालाई सबैभन्दा बढी ५७ [विज्ञप्तिसहित]

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंग्याएको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । आफ्नो दलले पाएको सिटअनुसार उम्मेदवार सिफारिस गर्न आयोगले बिहीबार नै दलहरुलाई पत्राचार गरेको जनाएको छ ।
विदेशमा भइरहेको युद्धको असर, नेपालमा आधा सिलिन्डर मात्रै ग्यास बाँडिने

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएका भन्दै नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने जनाएको छ । अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जनाए । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा […]
बैठकमा बोल्दै गर्दा ढलेका एमाले नेता कृष्ण थापाको निधन

गण्डकी । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पार्टी बैठकमा बिहीबार बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो । थापाले यस अघि २०५४ […]
६० जनाले दिए एनआरएनएको नयाँ कार्यसमितिका लागि उम्मेदवारी [सूचीसहित]

लन्डन । मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनएको १२औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि ६० जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागि यूकेबाट डा. हेमराज शर्मा, अमेरिकाबाट रविनराज बज्राचार्य र जापानबाट रविन शेरचनसहित ६० जनाले उम्मेदवारी दिएका हुन् । छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। केही पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध […]
एनआरएनएको महिला उपाध्यक्षमा राधिका गुरूङ (टीका) निर्विरोध

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा महिला उपाध्यक्षमा टिकाको मात्रै उम्मेदवारी परेको हो । तर औपचारिक घोषणा भने हुन बाँकी छ । झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गुरूङ करिब ३० वर्षदेखि हङकङ […]
नेपालको प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, आदिवासी जनजाति १५.७६ प्रतिशत

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ […]