तमु धीं यूकेका चार सदस्यले पूरा गरे बाढीपीडित सहयोगार्थ १०० किमि ‘ट्रेल वाक’

लन्डन । गोर्खा वेलफेयर ट्रस्ट यूकेद्वारा आयोजित १०० किलोमिटरको च्यारिटी ‘ट्रेल वाक–२०२६’मा सहभागी तमु धीं यूकेका चार सदस्यले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। सेप्टेम्बर १२ र १३ गते सम्पन्न ‘ट्रेल वाकर–२०२६’मा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, ट्रेल वाकर तथा संयोजक शान्तकुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ र तर्कजंग गुरुङ सहभागी भएका थिए। समस्यामा परेका […]

नेपाली मूलका दिपेश सापकोटाको कप्तानीमा क्यारिङटनले जित्यो अन्डर-१५ राष्ट्रिय उपाधि

लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ। शुक्रबार भएको फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो । उनले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर २ विकेट […]

बाढी पीडितका लागि सहयोग जुटाउन बेलायतस्थित नेपाली दूतावासले खोल्यो बैंक खाता

लन्डन । भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन लन्डनस्थित नेपाली दूतावासले छुट्टै बैंक खाता खोलेको छ । यस विपत्तिको घडीमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, परोपकारी संस्था, व्यवसायी, नेपालका मित्र तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग प्रदान गर्न दूतावासले हार्दिक अपिल गरेको […]

error: Content is protected !!