प्रेम गाहाद्वारा एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

SHARE:

एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) यूकेका वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरले आगामी कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गत आइतबार ९ जुनका दिन अल्डरसटस्थित टेम्पटेशनमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

एनआरएनए यूकेको सातौं कार्यसमितिले आठौं कार्यसमिति चयन गर्नका लागि आगामी १४ सेप्टेम्बरका दिन निर्वाचन गर्ने मिति तय गरेलगतै एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष गाहा मगरलगायत पाँचैजना उपाध्यक्षहरुले विभिन्न माध्यमबाट आठौं कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, औपचारिक रुपमा घोषणासभाको आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने सम्भवत: गाहा मगर नै पहिलो हुन् ।

विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, आफन्तजन लगायतको उपस्थितिमा सम्पन्न घोषाणसभामा अध्यक्षका प्रत्यासी गाहा मगरले एनआरएनए यूकेलाई थप चुस्त र दुरुस्त राख्दै अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकतामाथि जोड दिँदै २६ बुँदे प्रतिबद्धता प्रस्तुत् गरे । उनले विगतमा आफूले आर्जन गरेको अनुभव, ज्ञान, सीपलाई सदुपयोग गर्दै एनआरएनए यूकेलाई एक सवल, गतिशील र दूरदर्शी नेतृत्व प्रदान गर्ने दृढ संकल्प व्यक्त गरे । साथै, उनले आफ्नो कार्यकालमा नेपाली नागरिकताको निरन्तरतामा आवश्यक पहल गर्ने, भूतपूर्व ब्रिटिस गोर्खा तथा उनीहरुको परिवारको हितमा काम गर्ने, गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको भोगचलन गर्न स्पष्ट कानुन व्यवस्था गर्न अभियान चलाइने, नेपालमा लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिइने, हेल्प फर हिरोजलगायत च्यारिटी कार्यक्रम आयोजना गर्ने, एनआरएनए यूकेमा २० हजार सदस्य संख्या पुर्‍याउने, कार्यालय स्थापना गर्ने, राहतकोषमा ५० हजार जम्मा गर्ने, नेपाल हाउस परियोजनालाई ब्यूताउने, स्कील ट्रान्सफरका लागि विशेष पहल गर्ने, स्टुडेन्ट हेल्प डेक्स स्थापना गर्ने, वृद्धवृद्धाहरुका लागि दोभाषे प्रबन्ध गर्ने, स्थानीय नेपाली उद्योग तथा व्यवसाय प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे ।

बिनाका पुनले स्वागत मन्तव्य दिएकी घोषणासभामा अध्यक्षका प्रत्यासी गाहा मगरले बेलायतस्थित नेपाली राजदूतावास, नेपाल पत्रकार महासंघ बेलायतलगायत नेपाली संघसंस्थाहरुसँगको सहकार्य गर्दै अघि बढ्ने बताए । उनले आफू पछिका दोस्रो पुस्तालाई सँगै हिँडाउन निकै चुनौती रहेको बताउँदै बेलायतमा नेपाली भएर बाँच्ने हो भने तन्नेरी पुस्तालाई मूल प्रवाहमा ल्याउन अत्यन्त जरुरी रहेको जनाए । साथै, उनले सबै पुस्ताका नेपालीहरुसँग आफू जोडिएकोले पनि सही अर्थमा सबैको प्रतिनिधित्व गर्न सक्षम रहेको दाबी गरे ।

एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उम्मेदवारी घोषणासभामा एनआरएनए यूकेका पूर्वउपाध्यक्ष राष्ट्र राई, यती एशोसिएसन वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मी, गुल्मी जिल्ला समाज यूके पूर्वअध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, म्याग्दी अर्गनाईजेशन (मोना) यूके अध्यक्ष दल जुग्जाली, मगर संघ यूके महासचिव रुद्र थापा, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, मगर संघ यूके पूर्वअध्यक्ष नेम थापा नेप्लिज यूथ यूके अध्यक्ष धिरज राई र महासचिव खगेन थापा, जमघट परिवार यूके अध्यक्ष तीर्थकुमार (ब्रुस) थापा, एनआरएन यूके सचिव तारानाथ भण्डारी, एलिसा राना, रोहित गुरुङ, क्या ताम ढेगा, गुल्मी जिल्ला समाज यूके अध्यक्ष टोप पल्ली, ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासे, मगर संघ यूके अध्यक्ष ले.रि. सुनिल राना, नर्दन आयरल्यान्डका एनआरएन अगुवा नारायण कँडेल, तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ, स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी लगायतले शुभकामना दिएका थिए ।

स्मरण रहोस्, प्रेम गाहा मगर भूतपूर्व गोर्खा सैनिक पनि हुन् । आफ्नो २१ महिने कार्यकालमा कार्यसमितिले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने पदाधिकारीमध्येका एक हुन् । कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको बताउने गाहा मगर युवाहरुको ढुकढुकी पनि हुन् । बक्सिङ्ग खेलमा राष्ट्रिय स्वर्ण पदकसमेत विजेता रहेका गाहा मगर एक कुशल बक्सिङ्ग खेलाडीको परिचय बनाउन सफल भएका छन् । एनआरएनए यूकेको वर्तमान च्यारिटी विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका गाहा मगरले आफ्नो कार्यकालमा बक्सिङ्ग र डिसेबल च्यारिटीजस्ता नयाँ कार्यक्रम आयोजना गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!