नुवाकोटकी भगवती राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

SHARE:

घलेभन्ज्याङ । नुवाकोट जिल्लाको चौघडा–४ निवासी भगवती राई गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

हाल उनको खुट्टाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने मिर्गौलासम्बन्धी समस्या, फोक्सोले राम्रोसँग काम नगर्ने, शरीरमा PCO2 बढ्ने तथा मुटुको धड्कन अत्यधिक बढ्ने जस्ता जटिल समस्या देखिएको परिवारले जनाएको छ।

उपचार सुरु भएको करिब एक महिना १० दिन भइसक्दा परिवारले सक्दो प्रयास गरे पनि आर्थिक स्रोत समाप्त भइसकेको बताइएको छ। अहिले औषधि खरिद तथा थप उपचारका लागि आवश्यक रकम अभाव भएपछि परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको हो।

परिवारका अनुसार सानो सहयोगले पनि बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्नेछ। इच्छुक सहयोगीहरूले तल उल्लेखित विवरणमार्फत सहयोग गर्न सक्नेछन्।

📞 सम्पर्क नम्बर: 9767395896
🏦 बैंक खाता नम्बर: 03210017515556
👤 खाता धनी: सुमिना राई (बिरामीकी छोरी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!