कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति

SHARE:

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति दिने भएको छ । एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।

‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निर्णय गरिएको हो,’ मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले भने, ‘कक्षा १२ पास नगरी विद्यालय तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति दिँदैनौं ।’

शिक्षा मन्त्रालयले विद्यालय तहको कक्षा १२ उत्तीर्ण नगरेकालाई अनुमतिपत्र नदिन शाखालाई पत्राचार गरेको हो । मन्त्रालयको पत्रपछि त्यस्ता विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन रोकिएको शर्माले जनाए । यसअघि शाखाले कक्षा १० उत्तीर्ण विद्यार्थीलाई भाषा सिक्न, डिप्लोमा तह अध्ययन गर्न स्वीकृति दिँदै आएको थियो । विदेश पढ्न जाने विद्यार्थीलाई सम्बन्धित देशको पैसा साट्न र अध्ययन स्वीकृतिका लागि नो अब्जेक्सन लेटर आवश्यक पर्छ । उक्त निर्णयले स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायत अध्ययन गर्न जाने विद्यार्थीलाई कुनै बाधा नपर्ने मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!