नेकपाका नेता एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

SHARE:

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान हृदयघातबाट निधन भएको छ । नेता पौडेलका सहयोगी रहेका ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा सात बजे चितवनको माडीस्थित बघौडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

‘उहाँ घर बनाउने क्रममा हुनुहुन्छ। बिहान उठेर आगनमा सामान्य काम गर्दा बोहोस भएर लड्नु भएछ। साथमा रहेका दुईजना साथीहरुले पाँचसय मिटर परेको बघौडा अस्पताल दौडाउनु भयो। चिकित्सकहरुले सवा सातमा उहाँको निधन भएको घोषणा गरे’ पाण्डेले भने। २०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ। उनी नेकपाका केन्द्रीय सदस्य थिए ।

पौडेल दोस्रो संविधान सभामा समानुपातिक सभासद् चयन भएका थिए । पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री भएका थिए। हाल उनको बसोबास माडी–५ नयाँ पिपरियामा थियो । श्रीमती र दुई छोरी रहेका पौडेलको माडीमै दाहसंस्कार हुने नेकपा माडीका नेता नारदमणि पौडेलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!