किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाईमा सिसेक्पा तङ्नाम मनाउने

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाई २०२६ मा सिसेक्पा तङ्नाम मनाउने भएको छ ।

केवाईसी यूके चुम्लुङदेन याल्डिङ मेडिस्टोन केन्टमा सिसेक्पा तङ्नातथा म वार्षिक भेटघाट २०२६ हुने अध्यक्ष कमला लिम्बूले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा याक्थुंग/लिम्बु तथा गैर याक्थुङ/लिम्बु समुदाय सबैलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा लिम्बु समुदायको मौलिक संस्कार, संस्कृतिहरुको बेतोड प्रस्तुति तथा परम्परागत खानाका परिकारहरूको विशेष व्यवस्थापन गरिने कार्यक्रम संयोजक एवं उपाध्यक्ष दिपेन्द्र याक्सोले जनाए । साथै, “सुनदेखि नुनसम्म” भन्ने भावनासहित विविध सांस्कृतिक झाँकी, प्रस्तुति र रमाइलो गतिविधिहरू हुने छन्।

कार्यक्रममा सहभागीले १० पाउन्ड तिर्नु पर्नेछ । तर चुम्लुङदेन सदस्यलाई भने ५० प्रतिशत छुट हुने कार्यक्रमका सहसंयोजक एवं उपाध्यक्ष शान्त हुक्पा चोङ्बाङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!