काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।
सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो ।
इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।
विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ ।
संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।






