एटा संवाददाता
लन्डन । तेस्रो पीपल मोर्गेज गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार २२ जुनका दिन अक पार्क गल्फ कोर्ष फानहाममा आयोजना गरिएको हो । गोर्खा गल्फ सोसाईटीद्वारा आयोजित प्रतियोगितामा बेलायतका विभिन्न स्थानबाट आएका १५२ जना गल्फ खेलाडीहरु थिए ।
प्रतियोगिताको सुरुआतमा आयोजक सोसाईटीका अध्यक्ष मेजर दीपक घले र महासचिव देव रानाले खेलको बारेमा जानकारी गराएका थिए । त्यस्तै, मे.रि. लक्षिमबहादुर गुरुङले गण्डकी गल्फ सोसाईटी पोखराको बारेमा जानकारी दिएका थिए ।
बिहान ८ बजेदेखि सुरु भएको प्रतियोगितामा देउकुमार राई ग्रस विनर (विजेता) बनेका छन् । उनले रनिङ्ग ट्रफी, व्यक्तिगत ट्रफी र ३०० पाउन्ड नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, राजेश पुन नेट विनर (विजयी) बनेका छन् । उनले रनिङ्ग ट्रफी, व्यक्तिगत ट्रफी र २५० पाउन्ड नगद हासील गरे ।
त्यस्तै, पलिजर तामाङ तथा खुम गर्बुजा पायर्स विनर (विजेता) बने । उनीहरुले रनिङ्ग ट्रफी, व्यक्तिगत ट्रफी र २०० पाउन्ड नगद प्राप्त गरे भने जीत थापा तथा कुशल लिम्बु पायर्स रनर्स अप (उपविजेता) बने उनीहरुले व्यक्तिगत ट्रफी र १०० पाउन्ड नगद प्राप्त गरे । बिहानबाट सुरु भएको खेलको डिभिजन ‘ए’ तर्फ दल पुन विनर (विजयी) भए । उनले व्यक्तिगत ट्रफी र १५० पाउन्ड नगद प्राप्त गरे । त्यस्तै, डिभिजन ‘ए’ तर्फ को खेलमा जीत थापा उपबिजेता बने । उनले व्यक्तिगत ट्रफी र ७५ पाउन्ड नगद प्राप्त गरे । त्यस्तै, डिभिजन ‘बि’ तर्फको खेलमा रेशम श्रीस विजयी बने उनले व्यक्तिगत ट्रफी र १५० पाउन्ड नगद प्राप्त गरे भने खिम गौचन उपविजेता भए । उनले व्यक्तिगत ट्रफी र ७५ पाउन्ड नगद पाए ।
अन्त्यन्त रोचक खेलको डिभिजन ‘सी’ तर्फ नारायण गुरुङ विजयी बने । उनले व्यक्तिगत ट्रफी र १५० पाउन्ड नगद प्राप्त गरे भने उपविजेता प्रकाश गुरुङले व्यक्तिगत ट्रफी र १५० पाउन्ड पुरस्कार पाए । त्यस्तै, लङ्गगेस्ट ड्राईभ भेट्रानतर्फ कमल केशर लिम्बु र लङ्गगेस्ट ड्राईभ ओपन चन्द्र देवान विजयी भए । उनीहरुले व्यक्तिगत ट्रफी र ५० पाउन्ड नगद पुरस्कार स्वरुप प्राप्त गरे ।
पीपल मोर्गेजेज एण्ड पीपल स्टेट एजेन्सको प्रायोजनमा आयोजित खेलमा पर फोर निरेष्ट टु दि पिनतर्फ गीताजङ्ग गुरुङ, पर थ्रि निरेष्ट टु दि पिनतर्फ राजु मिधुन विजयी भए । उनीहरुलाई व्यक्तिगत ट्रफी र ५० पाउन्ड नगद प्रदान गरिएको थियो । प्रतियोगितामा लक्की ड्र मार्फत देव राना र अजित थापाले ४९५ पाउन्ड बराबरको पीपल गिफ्ट भौचर प्राप्त गरे भने जीतबहादुर थापाले १ तोला सुन उपहार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई सोसाइटी अध्यक्ष मेजर दीपक घले, उपाध्यक्ष सोमराज तामाङ, महासचिव देव राना, पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङ, ग्रुपका एडभाइजर प्रशन्न गुरुङ, सञ्जय बानियाँ, प्रिया गुरुङ लगायतले ट्रफी र पुरस्कार वितरण गरेका थिए । सो अवसरमा सोसाइटी अध्यक्ष मेजर दिपक घलेले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए ।
त्यस्तै, पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले सामाजिक सञ्जाल मार्फत विजयी खेलाडीहरुलाई बधाई दिँदै सहभागी खेलाडीहरुलाई अर्को वर्ष विजयी बन्न शुभकामना दिएका छन् । त्यस्तै, उनले गल्फ जस्तो उत्कृष्ट खेल आयोजना गर्न सफल भएकोमा गोर्खा गल्फ सोसाईटी अध्यक्ष मेजर दीपक घले र महासचिव देव राना साथै सम्पूर्ण सदस्यहरुलाई बधाई दिए । साथै, उनले अर्को वर्ष अझ भव्य र स्तरीय प्रतियोगिता आयोजना गरौं भन्दै प्रतियोगितालाई भव्य सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सबै सहभागी खेलाडी र पीपल टिमलाई धन्यवाद दिएका छन् ।
स्मरण रहोस्, पीपल मोर्गेजेज एण्ड पीपल स्टेट एजेन्सले यसअघि दुईपटक गल्फ प्रतियोगिताको मुख्य प्रायोजन गरिसकेको छ भने आउँदो १४ र २१ जुलाईका दिन सम्पन्न हुन लागेको पीपल चौथों क्रिकेट प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दैछ । त्यस्तै, पीपल आफ्नै वार्षिकोत्सव कार्यक्रममा च्यारिटीको आयोजना गरी स्थानीय र नेपालका परोपकारी संस्थालाई समेत सहयोग गर्दै आएको छ ।






