सिंगापुरमा हुने आईसीसी टी-२० विश्वकप एसिया फाइनल्सका लागि नेपाली टिमको छनोट

SHARE:


काठमाडौँ । सिंगापुरामा हुने आईसीसी टी-२० विश्वकप एसिया फाइनल्स-२०१९ का लागि नेपाली टिमको छनोट भएको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले नेतृत्व गरेको छनोट समितिले नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गरेको हो ।
टोलीमा टीम कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन्। अन्य खेलाडीमा अभिनाष बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहीतकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन्। वैकल्पिक खेलाडीका रुपमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुशन भारी, मोहम्मद आरिफ शेख टिममा रहने छन्।

नेपाली टोलीले जुलाई २०-२८ सम्म सिंगापुरमा हुने खेलमा भाग लिने छ। नेपाली टोलीले प्रतिष्पार्धाको पूर्व तयारी स्वरुप मलेसियामा जुलाई १३ र १४ मा मलेसियासँग दुईवटा टी-२० खेल खेल्ने छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!