लाल पुन
अल्डरसट । मोना यूकेले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिताको उपाधि बाग्लुङ, सालिजा र ग्रीनवीचले प्राप्त गरेका छन् । महिलातर्फ सालिजा टिम, पुरुषतर्फ बागलुङ भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका हुन् । आइतबार २३ जुनका दिन अल्डरसटको अल्डरउड स्कुलमा सम्पन्न भएको खेलमा २ दर्जन बढी नेपाली भलिबल टिम सहभागी थिए ।
महिला तथा पुरुषतर्फको खेलमा आयोजक मोना यूके टिम र भटेरानतर्फ स्वीन्डनको टिम उपविजेता बने । पुरुषतर्फको विजेता टिमले १४ सय पाउन्ड नगद, ट्रफी, प्रमाणपत्र र रनिंग शिल्ड प्राप्त गरे । उपविजेताले ८ सय ५० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र पाए । विजेताले प्राप्त गरेको शिल्ड मोना यूके उपाध्यक्ष होम रोकाले प्रायोजन गरेका थिए । १६ वटा टिमको सहभागिता रहेको पुरुष विधामा बागलुङका पदम पुन म्यान अफ दि म्याच बन्न सफल भए भने बागलुङकै शंकर थापा बेस्ट प्लेयर अफ द टुर्नामेन्ट भए भने मोनाका खेम भण्डारी बेस्ट बल्कर, रुद्रद्रराना बेस्ट लिफ्टर र बागलुङका प्रविन मल्ल बेस्ट स्पाइकर बन्न सफल भए ।
महिला विधाको विजेता सालिजा गाविस टिमले नगद ६ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र तथा उपविजेता आयोजक मोना टिमले ४ सय पाउन्ड नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले प्रायोजन गरेका थिए । ६ टिमले भाग लिएको महिला समूहमा सालिजाकी सञ्जु थकाली बेस्ट प्लेयर अफ द टुर्नामेन्ट र विष्णु पुन बेस्ट स्पाइकर तथा मोनाकी लारा बेस्ट बल्कर साथै मोनाकि जस्मिना रोकाले वोमेन अफ दि म्यात्च र विन्चेस्टरकी यामु फगामी बेस्ट लिफ्टर बने । भेटेरानतर्फ विजयी ग्रीनवीच टिमले नगद ७ सय पाउन्ड, ट्रफी, प्रमाणपत्र तथाच उपविजेता स्वीन्डनले ४ सय पाउन्ड नगद, ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन यूके उपाध्यक्ष प्रेम गाहाले प्रायोजन गरेका थिए ।
९ टिम सहभागी भेटेरान समुहमा ग्रीनवीचका ठाकुर गुरुङ प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट लिफ्टर बन्न सफल भए भने ग्रीनवीचकै संजयदेव श्रेष्ठ बेस्ट बल्कर तथा स्वीन्डनका कृष्ण शेरचन बेस्ट स्पाइकर र खेलको फाईनलमा म्यान अफ दि म्याच स्वीन्डेनका बालबिक्रम शाहीले पाएका थिए । म्याग्दी अर्गनाईजेशन
(मोना) यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केसी, अतिथि एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगर, ब्रिटेनका अन्तर्राष्ट्रिय खेलाडी नेत्र राना एमबिई, नेपालका पूर्वसांसद नरबहादुर पुन लगायतले सो खेलको उद्घाटन गरेका थिए । त्यस्तै, छेलो प्रतियोगितासमेत आयोजना गरिएको थियो । खेलमा ३४ प्रतिस्पर्धीलाई पछि पार्दै गोर्खा ब्रिगेड ब्याण्डका हिरा गुरुङले उपाधि जिते । उनले २ सय पाउन्ड नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेताहरुलाई आयोजक मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केसी, विशिष्ट अतिथि एनआरए यूके अध्यक्ष योगकुमार फगामी र उपाध्यक्ष प्रेम गाहा मगर, ब्रिटेनका अन्तर्राष्ट्रिय खेलाडी नेत्र राना एमबिई, नेपालका पूर्व सांसद नरबहादुर पुन, सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलमा प्रमुख रेफ्रीको भूमिका विनोद चन्द र जिवन गुरुङले निभाएका थिए । त्यस्तै, प्रतियोगितामा अनिल मल्ल सिता पुर्जा पुन, नेत्र मान गर्बुजा, तारा गर्बुजा मगर, पदम गर्बुजा, एकेन्द्रद्रपुन, देउजित तिजिजा, चित्र बुढा, विष्णु भण्डारीले विशेष भूमिका निभाएका थिए । मोना यूके अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका मुख्य संयोजक उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए ।






