त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

SHARE:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासकिय प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको हो । सेवा आयोगले गरेको खुल्ला प्रतिस्पर्धात्मक परिक्षामा विश्वविद्यालयकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र राजनीतिक पार्टीहरुका नेताहरुका नातेदारहरु मात्रै सफल भएको भेटिएको थियो । लिखित परीक्षाको नतिजामा अधिकांश पुहँचवालाका श्रीमती, छोराछोरी र आफन्तको नाम निस्केपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो ।

त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, आयोगका प्रमुख परशुराम कोइराला, त्रिविका प्रिन्सिपल कृष्ण आचार्य, पूर्व रजिष्ट्रार चन्द्रमणी पौडेल, लगायत उच्च पदाधिकारीहरुको नातेदारहरु परिक्षामा उत्तिर्ण भएका थिए । अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा नाम निस्केको छ । अध्यक्ष शर्माको थर पनि सापकोटा नै हो तर उनी शर्मा मात्रै लेख्ने गर्छन् । उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत लिखित परीक्षामा नाम निकाल्न सफल भएको स्रोतको दाबी छ ।

आयोगका प्रमुख कोइरालाकी छोरी नमिता अधिकृत पदमा पास भएकी थिइन् । आयोगका अर्का सदस्य चिन्तामणी पोखरेलले समेत पहुँचका आधारमा आफू निकटका उमेद्वारलाई परीक्षामा उत्तिर्ण गराएको भेटिएको थियो । अध्यक्ष शर्मा नेकपा निकट हुन् भने सदस्य पोखरेल र प्रमुख कोइराला कांग्रेस निकटका हुन् । उनीहरुको सेटिङमा पूर्व एमाले, कांग्रेस र पूर्व माओवादी निकटका पदाधिकारी, विद्यार्थी संगठनका नेताका सिफारिशमा नतिजा प्रकाशित भएको आशंका गरिएको छ । यसरी करिब ५० जना लाई उर्त्तिण गराइएको स्रोतको दाबी छ । स्रोतका अनुसार, परीक्षामा सफल भएका उमेद्वारको सूचि हेर्दा पूर्व एमाले, कांग्रेस कोटामा करिब ४०/४० प्रतिशत र पूर्व माओवादी तर्फबाट करिब २० प्रतिशत उमेद्वारको नाम निकालिएको थियो ।

त्रिविका प्रिन्सिपल कृष्ण आचार्यकी छोरी कल्पना आचार्य पनि सहायक लेखा पदमा उत्तिर्ण भएकी थिइन् । पूर्व रजिष्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको छोरी ज्वाईं समेत प्रतिस्पर्धामा सफल भए । उनी पूर्वमाओवादी निकट हुन् । छोरी सन्ध्याको सहायक लेखा र ज्वाई प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम प्रकाशित भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!