सर्लाही गोलीकान्डको छानबिन गर्न माग गर्दै राजपाले बुझायो ज्ञापनपत्र

SHARE:

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गएको आइतबार सर्लाहीमा भएको गोलीकान्डको छानबिन गर्न माग गर्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजपाले आयोगमा ज्ञापनपत्र बुझाएको हो ।

सो घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै राजपा अध्यक्षमन्डलका नेता अनीलकुमार झाले छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले सो घटनाको आयोगले पनि छानबिन गरिरहेको भन्दै दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने आश्वासन दिए ।

बालुवा निकालेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजना स्थानीयको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!