हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरेर दमन गरेको विप्लव समूहको आरोप

SHARE:

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तिब्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले बधबार एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् । विज्ञप्तिमा असार १६ गते संखुवासभाको तिलिचुङ गाउँपालिका १ मा आयोजित पार्टी कार्यक्रममाथि गृहप्रशासनको ठाडो निर्देशनमा ३ वटा हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरेर दमन गरेको अरोप समेत लगाइएको छ ।

‘पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका १ मा पुगेको बेला केपी ओली नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गृहप्रशासनको ठाडो निर्देशनमा ३ वटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकोहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सो आक्रमणमा पार्टीका २ जना सम्पर्कबिहिन भएको र एकजनालाई गिरफ्तार गरिएको विज्ञप्तिमा जनाइएको छ । गिरफतार भएका सुजन अधिकारीलाई प्रहरीले आफैंसँग राखेर घुमाइरहेको अपुष्ट खबर बाहिर आएको समेत सो समूहले दाबी गरेको छ । त्यस्तै विज्ञप्तिमा पार्टी नेता कुमार पौडेलको रगत नसुक्दै लालबन्दीमा प्रहरीको गोली लागेर मृत्यु भएका केबल महरलाई समेत सरकारले नेकपासँग जोडेर कथित दोहोरो भीडन्तको नाम दिएको आरोप लगाएको छ । सरकारले चलाएको यी फाँसीवादी दमनको डटेर प्रतिरोध गर्न समेत सो समूहले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!