उपेन्द्र र बाबुरामको पार्टीका प्रभावशाली नेताहरु नेकपामा प्रवेश

SHARE:

काठमाडौं । समाजवादी पार्टी नेपालका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाई लगायतका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो । कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपा प्रवेश गरेका छन् । पराजुली र धमला पूर्व माओवादी हुन् । उनीहरु तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र परित्याग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!