आलोचकलाई प्रधानमन्त्रीको जवाफ, ‘मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला’

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायत कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमाआयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै आलोचकलाई खासै केही भन्नु नरहेको टीप्पणी गरे ।

आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिँड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भन्दै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’ त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’

प्रधानमन्त्री ओलीले केही दिनअघि आफू प्रधानमन्त्री हुँदा आधा मानिसले मास्क लगाउने गरेको तर, हटेको दाबी गरेका थिए, जसको चर्को आलोचना भएको थियो । उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाडौं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।

उनले आईफा अवार्डलाई लिएर भएको आलोचना प्रति असन्तुष्टि जनाए । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको समेत उनको आरोप छ ।

ओलीले अर्का अध्यक्ष प्रचण्डले एकतामा आउन बाबुराम भट्टराईलाई गरेको आग्रहमा सहमति मात्र जनाएनन्, समाजवादी पार्टीलाई नै आग्रह गरे । भट्टराई आउन हुन्छ भने उपेन्द्र यादवहरु पनि आउनसक्ने उनले बताए ।

वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै उनले अरुलाई पनि एकतामा आउन आग्रह गरे ।

कतिपयले नेकपा फुट्छ कि भन्ने सपना देख्दा माया लाग्ने गरेको प्रधानमन्त्री ओलीले सुनाए । ‘कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो’ उनले अघि भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!