काठमाडौँ । भक्तपुर दूधपाटीलाई केन्द्रबिन्दु बनाएर शनिबार नेपालमा भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो ।
शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा जाँदा भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए । उनका अनुसार भूकम्पको धक्का उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । उनले भने, ‘सुरुमा सल्लाघारी देखिएको थियो । सुक्ष्म विश्लेषण गर्दा भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर भूकम्प गएको देखियो ।’
२०७२ सालको शक्तिशाली भूकम्पपछि नेपालमा लगातार जस्तो भूकम्प र परकम्प गइरहेका छन् ।






