काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगितबारे आधिकारिक धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैह्र जिम्मेवारी भएको बताएका छन् । उनले भनेका छन्, निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

कांग्रेसले नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा कडा परिक्षण र नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ ।
सरकारले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण दुई साताअघि थालिएकोमा विभिन्न बहानामा स्थगित गरेपछि चौतर्फी आलोचना भइरहेको छ । विपक्षीको मात्रै विरोध होइन, सत्तारुढ नेकपाभित्र पनि चर्को आलोचना भइरहेको छ । जसको सामाजिक सञ्जालमा सर्वसाधारणले पनि सरकारको नालायकीपन भन्दै कडा टिप्पणी गरिरहेका छन् ।
यो पनि
भारतसामू सरकार झुक्यो, तरकारी तथा फलफूलको विषादी परीक्षण नीतिबाट ब्याक






