वासिङटन । प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ । अमेरिकी अखबारहरूका अनुसार फेसबुकलाई जरिवाना स्वरूप उक्त रकम तिराउन अमेरिकी नियामक निकायले अनुमति दिएको छ ।
फेसबुक प्रयोगकर्ताको तथ्यांकमाथि अनधिकृत पहुँच पुर्याएको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी) ले अनुसन्धान गरिरहेको छ । बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्यांकको दुरूपयोग गरेको जनाइएको छ ।






