कैलालीमा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये १ को मृत्यु, अन्य ४ घाइते

SHARE:

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । बिहीबार बेलुका कैलालीको धनगढीको शहीद गेटस्थित निलम होटलमा बम विष्फोट हुँदा ५ जना घाइते भएका थिए ।

विस्फोटमा अन्य घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुर्‍याइएका घाइतेको शरीर जलेको छ । त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको सनाखत हुन बाँकी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!