बाजुरामा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ११ घाइते

SHARE:

बाजुरा । बाजुराबाट कालिकोट गइरहेको जिप जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय राम बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

दुर्घटनामा घाइते हुने मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। दुईजनाको भने सकुशल उद्धार गरिएको बताइएको छ। प्रहरीका अनुसार कर्णाली करिडोर अन्तरगत जगन्नाथ गाउँपलिका–पीलुचौरबाट कालिकोटकोजीतेगडा जाँदैगरेको क १ ज २१ नम्बरको जीप उकालोमा चढ्न नसक्दा ५० मिटर तल खसेको हो।

जिप बिहान ८:३० मा दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा घटनास्थलमै उपचार भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!